मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

खैरो हेरोइनसहित नेपाली सेनाका जवान पक्राउ

आइतबार, २७ माघ २०७५, १३ : २४
आइतबार, २७ माघ २०७५

काठमाडौं– अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित नेपाली सेनाका बहालबाल जवान ऐकन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको वर्द गोरिया गाउँपालिका–१ स्थायी घर भई नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीलाई काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीका कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।

सगरमाथा गेष्ट हाउसको कोठा नम्बर–१०३ बाट पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप