बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिक्सर्सलाई हराउँदै मेलबर्न सेमिफाइनलमा, सन्दीपले लिए ३ विकेट

आइतबार, २७ माघ २०७५, १३ : १७
आइतबार, २७ माघ २०७५

काठमाडौँ– अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल)मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अहिलेसम्म ११ विकेट लिएका छन् ।

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सिड्नी सिक्सरविरुद्धको आजको खेलमा सन्दीपले ४ ओभरमा ३ विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए । 

आठौं ओभर लिएर आएका सन्दीपले १ रन खर्चिएर पहिलो विकेट लिएका हुन् । यस्तै उनले दोस्रो विकेटका रुपमा वेन डुवासियुसलाई आउट गरे तेस्रो ओभरमा पुनः १ रन खर्चिँदै १ विकेट लिए । 

सन्दीपले आफ्नो चौथो ओभरको चौथो बलमा लोयड पोपलाई आउट गराएपछि सिड्नी सिक्सर्स अलआउट भएको हो ।  उनले ३.४ ओभर बलिङ गरेका मात्र ११ रन दिएका थिए । 

मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थिए भने सिड्नी सिक्सर्स जवाफी ब्याटिङ गर्ने क्रममा १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । 

सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको मेलबर्न स्टार्सले बिग बास लिगको सेमिफाइनलमा स्थान पनि बनाएको छ । उसले अब होबर्ट हुरिक्यान्ससँग आगामी १४ फेबु्रअरीमा खेल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप