शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बढुवामा अन्याय गरिएको भन्दै एसपी उप्रेतीद्वारा ‘पदत्याग’ को निर्णय

आइतबार, २७ माघ २०७५, १२ : ३०
आइतबार, २७ माघ २०७५

गृह मन्त्रालयले शनिवार साँझ प्रकाशन गरेको बढुवा सिफारिस सूचीप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाल प्रहरीका प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र उप्रेतीले पद त्याग गर्ने निर्णय गरेका छन् ।

एसपी उप्रेतिले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । एसपीको राजिनामा हेड्क्वार्टर हुँदै गृह मन्त्रालयका सचिवले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

शनिवार प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा सिफारिस सुचिमा आफ्ना ब्याचका १४ जना सिफारिस हुँदा उप्रेतीलाई छुटाइएको थियो ।

बढुवा समितीले उप्रेतीको ब्याचबाट सन्दीप भण्डारीलाई एक नम्बरमा एसएसपी बढुवा गर्न सिफारिस गरेको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखामा एक वर्षदेखि कार्यरत उप्रेतीले रातोपाटीसँग कुरा गर्दै आफुले पद त्याग्न लागेको बताए । उनले भने, ‘अब संगठनमा बस्दिँन, मैले पद त्याग गर्ने निर्णय लिएको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप