बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले अरुणाचल प्रदेशलाई किन आफ्नो भन्छ ? भारतलाई किन यसबाट टाढा बस्न भन्छ ?

आइतबार, २७ माघ २०७५, ०८ : ५०
आइतबार, २७ माघ २०७५

चीनले शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अरुणाचल प्रदेशको भ्रमणमाथि आपत्ति जनाएको छ । चीनका अनुसार यो विवादित इलाका हो र यहाँ कुनै प्रकारको गतिविधीले सीमानाका प्रश्न निकै जटिल हुनसक्छ ।

चीनले भारतीय नेतृत्वलाई यस्ता कुनै प्रकारका गतिविधीबाट टाढा बस्नका लागि भनेको छ ।

मोदीले शनिबार चार हजार करोड भारुको परियोजनाको शिलान्यास गर्दै उनको सरकार सीमा राज्यलाई जोड्नका लागि विशेष ध्यान दिइरहेको बताए ।

मोदीका अनुसार उनको सरकार हाइवे, रेलवे र हवाई मार्गलाई दुरुस्त बनाउनमा  विशेष ध्यान दिइरहेको छ । प्रधानमन्त्रीका अनुसार अरुणाचल प्रदेशमा यी मोर्चामाथि उनको सरकार निकै सक्रिय छ जबकी पूववर्ती सरकारले यसको उपेक्षा गरेको थियो ।

चीनको यो आपत्तिमा भारतका विदेश मन्त्रालयले खण्डन गरेको छ । विदेश मन्त्रालयले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग बताएको छ । विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘भारतीय नेता समय–समयमा अरुणाचल भ्रमणमा गइरहन्छन् र यो भारतका अन्य राज्यमा गरिने भ्रमण जस्तै हो ।’

चीनका विदेश मन्त्रालयकी प्रवक्ता हु चुन्यिंगले मोदीको अरुणाचल भ्रमणसँग जोडिएको एक प्रश्नको जवाफमा भनिन्, ‘चीन र भारतको सीमा विवादमा हाम्रो जुन धारणा छ, त्यो पहिलेको जस्तै छ । यसमा कुनै परिवर्तन आएको छैन । चीनको सरकारले तथाकथित अरुणाचल प्रदेशलाई कहिले मान्यता दिएको छैन । भारतीय नेताको अरुणाचल भ्रमणलाई हामी कडा रुपमा विरोध गर्छौं ।’

चीनियाँ विदेश मन्त्रालयककी प्रवक्ताले भनिन्, ‘चीनले भारतसँग यो आग्रह गर्छ कि उनीहरु दुई देशको पारस्परिक हित, द्वीपक्षीय सम्बन्ध र सीमा विवादबाट बच्नका लागि हामी जे कुराको चिन्ता गरिरहेका छौं, त्यसबारे विचार गर्नुहोस् ।’

चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बत बताउँछ । भारत र चीनबीच सीमा विवादको विषयमा थुप्रै बैठक भइसकेका छन् तर आजसम्म पनि मुद्दा सुल्झिन सकेको छैन ।

दुई देशबीच ३, ५०० किलोमिटर लामो सीमा छ । सीमा विवादका कारण दुई देश सन् १९६२ मा युद्ध मैदानमा थियो तर अहिलेसम्म पनि सीमामा भएका केही इलाकाको विषयमा विवाद छ जसले कहिलेकाँही तनाव पैदा गर्दै आएको छ ।

अरुणाचलमाथि चीनले किन दाबी गर्छ ?

अरुणाचल प्रदेशलाई समावेश गर्दै भारतको सम्प्रभुताले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय मानचित्रमा अरुणाचललाई भारतको हिस्सा मानिएको छ । चीन, तिब्बतसँग अरुणाचल प्रदेशमा पनि दाबी गर्दछ र यसलाई दक्षिणी तिब्बत बताउँछ ।

सुरुमा अरुणाचल प्रदेशको उत्तरी हिस्सा तवांगका लागि चीन दाबी गर्दथ्यो । यहाँ भारतको सबैभन्दा विशाल बौद्ध मन्दिर छ ।

विवाद के हो ?

चीन र भारतबीच म्याकमोहन रेखालाई अन्तर्राष्ट्रिय सीमा रेखा मानिन्छ तर चीन यसलाई अस्विकार गर्छ । चीनका अनुसार तिब्बतको ठूलो भू–भाग भारतसँग छ ।

सन् १९५० को दशकको अन्तिममा तिब्बतलाई आफूसँग सम्मिलित गरेपछि चीनले अक्साई चीनलाई करिब ३८ हजार वर्ग किलोमिटर इलाकालाई आफ्नो अधिकारमा लिएको थियो । यो इलाका लद्दाखसँग जोडिएको थियो । चीनले यहाँ नेशनल हाइवे २१९ बनायो जसले उसको पूर्वी प्रान्त शिन्जियांगसँग जोड्छ । भारत यसलाई अवैध कब्जा मान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप