शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सम्पन्न

आइतबार, २७ माघ २०७५, ०८ : २६
आइतबार, २७ माघ २०७५

पर्सा – बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न सक्नेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारीमध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्र्याकमा निजगढ कार्यदलले अन्तिम बिन्दुतर्फको (पूर्व–पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप