केन्द्रीय संस्करण

कथा : उसले मेरो शरीरलाई आफूसँग टाँसिसकेको थियो

person explore access_timeमाघ २६, २०७५ chat_bubble_outline0

अर्जुन थापा

आकाशमा बादल टम्न लागेको थियो । पानी पर्ने सङ्केत भने थिएन । त्यत्रो फराकिलो आकाश नीला पहाडका असङ्ख्य टाकुराहरूले बाँधेको काठमाडौँभित्र म पीडा लिएर बसिराखेको छु, मैले दोहो¥याएर सोचेँ । सानैदेखि रातो रङ मन पर्ने मलाई । विवाहपछि पनि सधैँ रातै पहिरनमा सजिन मन लाग्थ्यो । सिउँदोमा सिन्दूर, निधारमा रातो टीका, गलामा रातै पोते, हातमा धेरै चुरा र रातै कुर्था । प्रायः मलाई सबैले यही अवस्थामा देख्थेँ । विशाललाई पनि म सधैँ यसरी नै मेकअप गरेर चिटिक्क परेको राम्रो लाग्ने । ऊ अफिस जानुअघि सधैँ मेरो निधारमा माया गरेर मात्र जाने गथ्र्यो । अनि उसको मायाको स्पर्श मेरो निधारमा परेपछि मात्र मेरो शृङ्गारले पूर्णता पाएजस्तो लाग्थ्यो मलाई । छोराछोरीले पनि हामीलाई जिस्क्याउँथे कि यो उमेरमा पनि तपाईंहरू भनेर । मलाई लाग्छ, माया, प्रेम गर्नलाई कहिल्यै उमेरले छेक्दैन भनेर । 

छोरा घरमा बसुन्जेल जे भए पनि त्यस्तो एक्लै भएको अनुभव भएको थिएन । पहिला छोरी अब छोरा दुवै अध्ययनका लागि विदेशिएपछि यो घरदेखि वाक्क लाग्न थालेको छ । 
घर भाडामा दिएर, सानो फ्ल्याट लिएर बस्ने सल्लाहबमोजिम आजबाट नयाँ ठाउँमा सरियो । नयाँ ठाउँ, नयाँ मान्छेहरू । अबचाहिँ मान्छेहरूका दया भरिएका कुराहरू सुन्न पर्दैन कि भनेर सोचेको छु । “बिचरी उमेरमै विधवा हुनुप¥यो भनेर । अब कसरी बिताउँछौ, लोग्नेबिना यत्रो लामो जीवन ? यत्रो सम्पत्ति कसैले दागा गर्लान्, होस् गर... ” । 

गएको छ–सात दिनमै मैले अनुभव गरेँ, म बस्ने घरअगाडि चौबीस–पच्चीस वर्षको युवकले मलाई हेरिरहेको छ । उसलाई मैले प्रायः म कोठाबाट बाहिर निस्केको बेला देख्न थालेँ । पहिले मैले त्यति याद गरिनँ, सामान्य रूपमा लिएँ । म साँझ बिहान कौसीमा टहलिरहन्थेँ । ऊ पनि ठीक विभिन्न बहानामा उसकै घरको कौसीमा आउँथ्यो । क्रमिक रूपमा ऊ अब कौसी हुँदै, म बसेको घरको वरिपरि बढी देखिन थाल्यो । 

                                  लेखक

कालो कालो वर्ण, ठिक्कको कपाल, कानमा दुवैतिर मुन्द्रा झुन्डिएको, आइरन गरिएका लुगा, छुट्टै आकर्षण थियो उसमा । ऊ हरेक साँझ जस्तै देखिन थाल्यो र जुन बेला म अरूको आँखा छलेर उसलाई हेर्थें, पाउँथे, ऊ पहिलेदेखि नै मलाई हेरिरहेको हुन्थ्यो । अब बिस्तारै आँखा जुध्दा म आफैसित लजाउन थाल्थेँ । रोमाञ्चित हुन्थेँ । 

आज विशालको निधन भएको छ वर्ष पूरा भएछ । बाटो छेउको ल्याम्पपोस्ट ठीक प्रश्नचिह्न जस्तो मेरो अघि उभिएको थियो । 

मैले आफैलाई सोधेँ, “मलाई के भइराखेको छ हँ ?” मसानघाट जस्तो निरुत्तर भएर मैले अनावश्यक पछिल्तिर फर्केर छोडिएको गोरेटो हेरेँ । म मेरो सोचाइसँग फेरि एक्लो थिएँ । यस्तो लाग्थ्यो, मस्तिष्क एक क्षणलाई ढुङ्गा भइदिए हुने । म र मेरो सानो गिदीको केही मूल्य छैन । टाउको फुट्ला जस्तो हुन्छ । दौडेर कौसीमा पुग्छु । 
ऊ कौसीमा मलाई नै कुरिराखेको हुन्छ । 

पानी परेन, सपाट आकाशबाट बादलहरू टुक्राटुक्री हुँदै छरपस्टिन थालेका थिए । बेलाबेला हावा धूलाधूली उडाएर नाङ्ग्यो । ऊ अझै मलाई नै हेरिराखेको छ । खोइ आज मलाई ऊपट्टि हेर्न स्वीकार्य थिएन । मलाई यस्तै एकलास, यस्तै निर्वासन यस्तै खोक्य्राइ र यस्तै शून्य बेस छ । यसैमा फिट छु । म सायद यसैमा रमाएकी छु, किनकि म विधवा हो । अब मलाई प्रेम गर्ने अधिकार छैन । अब मैले रातो नभएर सेतो रङलाई अपनाउनु छ । विगतका यादहरू एउटा यस्तो विशाल नाङ्गो चट्टान भएर मेरो अगाडि उभिदिएको छ, जसलाई कतैबाट हटाउन सकियोस् । म भित्र पस्छु । 
“आज बिहानै मन्दिर आउनुभएछ त ?” म झसङ्ग हुन्छु । ऊ ठीक पछाडि हुन्छ मेरो । 
हामीबीच चिनजान बोलचाल केही भएको थिएन । 

म हाँसेर मात्र उसको प्रश्नको उत्तर दिन्छु । “किन आजकल त्यति देखिनुहुन्न नि कौसीमा ?” उसको दोस्रो प्रश्न मेरो सामु तेर्सिन्छ ।

ऊ कौसीमा आउने क्रम रोकिएको छैन भन्ने अनुमान गर्छु । 

“होइन अलिक सन्चो नभएर हो ।” भनेर म घरतिर फर्कन्छु । मेरो यस्तो व्यवहार देखेर के सोचिराखेको होला उसले, मनमनमा कुरा खेल्न थाल्छ । 

म कोठाबाट कौसीतिर लाग्छु, मनमा यो सोच्दै– त्यो युवक अघि नै आइसक्यो कि ? अब हरेक साँझ उसलाई खोज्ने, हेर्ने बानी परिसकेको थियो, सायद उसलाई पनि । मलाई लाग्थ्यो, ऊ मसित कहिल्यै नबोलोस् यसरी नै चुपचाप हेर्दै रहोस् । मलाई लाग्थ्यो– चिनेर–जानेर मन पराउन माया गर्न खोजियो भनेपछि गाह्रो हुन्छ कि भन्ने ! 

अब त रमाउन चाहन्थेँ, मनबाट खुलेर हाँस्न चाहन्थेँ । हरेकपल्ट खुसीहरू मलाई जिस्काउँदै छेवैबाट हिँड्छन् मानौँ प्याट्ट गालामा हिर्काउँदै । म उनीहरूलाई रोक्न सक्तिनँ, समाउन सक्तिनँ, केवल त्यसबाट उठेको तरङ्ग मात्र महसुस गर्छु । त्यसैले म ऊबाट टाढा रहन चाहन्थेँ, जोगिन चाहन्थेँ । तर म धेरै दिनसम्म जोगिन सकिनँ । मलाई आखिर जुन कुराको डर थियो, त्यही भयो । ऊ विभिन्न बहानामा मसँग नजिकिन थालिसकेको थियो । मन्दिर, पसल हुँदै घरसम्म । ऊ केही समस्या भएमा भन्नुहोला भन्दै मलाई भन्थ्यौँ र आफ्नै समस्याको हल नपाएर भौँतारिन्थ्यो । 
बिस्तारै मभित्र भएको प्रेमले टुसा लगाउन थालेको थियो । जुन ऐनादेखि म टाढिसकेको थिएँ । आज फेरि प्यारो लाग्न थालेको थियो । 

हामी घन्टौँ आआफ्ना कौसीमा बसेर एकअर्कालाई हेरेर बस्न थालिसकेका थियौँ । उसको र मेरो उमेरमा धेरै अन्तर थिए । अब खोई उमेरले हामीलाई रोक्न सक्छ जस्तो मलाई लाग्दैनथ्यो । 

“ढक ढक !” गरेको आवाजले म ढोकामा पुगेँ । 

ऊ मेरो अगाडि उभिएको थियो । हातमा रातो गुलाफको फूल लिएर । 

“आज भ्यालेन्टाइन डे हो ।” भन्दै फूल मेरो अगाडि सार्यो । 

एक त उसको उपस्थितिले वातावरण त्यसै रोमान्टिक भइसकेको थियो । त्यसमा मेरो मनपर्ने फूल गुलाफ । ऊ मैले भन्नुभन्दा पहिला नै भित्र पसिसकेको थियो । उसले मलाई अँगालोमा हालेर विस्तारै निधार, आँखा गाला हुँदै ओठमा माया ग¥यो । म बिस्तारै कमजोर हुँदै गइराखेकी थिएँ । उसको त्यो स्पर्शले बिना रक्सीको लट्ठिन थालिसकेकी थिएँ । जुन लट्ठिनुमा मलाई आनन्द अनुभव भइराखेको थियो । मनभित्र गुम्सिएका रहरहरू इच्छाहरू एकएक गरेर निस्किँदै थिए । 

“आज हाम्रो मिलनको दिन हो ।” भन्दै उसले मेरो शरीरलाई आफूसँग टाँसिसकेको थियो । म आँखा चिम्लेर समर्पित हुँदै गएँ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ