बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘साया’ बन्दा हिट म

शुक्रबार, २५ माघ २०७५, १४ : २४
शुक्रबार, २५ माघ २०७५

फिल्म ‘समर लभ’की नायिका हुन्– रेवती क्षेत्री । चर्चित उपन्यास ‘समर लभ’माथि बनेको यो फिल्ममा उनले ‘साया’को भूमिका निर्वाह गरेकी छन् । सोही कारण पनि पछिल्लो समय उनी मिडियाको हिट लिस्ट पर्ने गरेकी छन् ।

नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । ‘ग्याङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता भारतीय फिल्ममा उनले काम गरिसकेकी छन् ।

रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ । कुकिङमा सौकको विषय भएको बताउने क्षेत्रीको अर्काे रुचिको विषय घुमघाम बताउँछिन् । यिनै अभिनेत्री रेवतीसँग रातोपाटीको दस प्रश्न ।

‘साया’ बन्दा कस्तो अनुभूति भयो ?

–चर्चित कृतिमा काम गर्न पाएँ । आफूलाई भाग्यमानी ठानेकी छु । पहिले नै हिट भएको पात्रको भूमिकामा आफूलाई फिट गर्नु मेरा लागि निकै च्यालेन्जिङ पनि थियो । त्यो मैले उठाए । फिल्म आजबाट प्रदर्शनमा आएको छ । ‘साया’को भूमिकामा फिट भए भइनँ, दर्शकले भन्ने विषय हो । यो भूमिकाबाट भने म हिट भएँ ।

अपेक्षा कस्तो छ ?

–अपेक्षा धेरै छ । किनभने यो फिल्म हिट उपन्यास ‘समर लभ’माथि बनेको हो । फिल्म पनि दर्शकले रुचाउँछन् भन्ने हाम्रो टिमलाई लागेको छ ।

अभिनय प्रतिक्रिया कस्ता आइरहेका छन् ?

– गीत र ट्रेलर रिलिज भएपछि फिल्मको बारेमा चारैतिरबाट  सकारात्मक प्रतिक्रिया आइरहेको छ । ट्रेलर र गीतले धेरै दर्शक पाएका छन् । प्रचार प्रसारमा हिँड्दा भेटेको व्यक्तिहरूले ‘साया’ हामीले सोचेभन्दा राम्रो रहिछन् भनेर भन्ने गर्थे ।

पर्दामा नायिकाको रूपमा आफुलाई देख्दा ?

– पब्लिकको माया धेरै पाइदो रहेछ । अर्काे कुरो पर्दामा आफुलाई देख्न सपना पुरा भएको महशुस हुन्छ । आफु एकदमै लक्की रहेको फिल हुँदोरहेछ ।

फेसन तिर रुचि त पक्कै होला ?

– म अभिनेत्री भन्दा पहिले मोडल हुँ । इन्डियाबाट मोडलको रूपमा मैले करियर सुरु गरेकी थिए । अहिले पनि मोडलिङ गरिरहेकी छु । त्यसैले फेसनमा रुचि नहुने भन्ने त कुरै भएन । दैनिक जीवनका लागि भने नर्मल पहिरन रुचाउँछु । पेसाको हिसाबले जे पनि सुहाउँछ । म हट एन्ड सेक्सी भने सारीमा देखिन्छु ।

फुर्सदको समय ?

– कुकिङ गर्न मनपर्छ । गीत सङ्गीत पनि सुन्छु ।

मनपर्ने केटा ?

– मेरो हाइट धेरै छ । त्यसैले हाइट भएको हुनुपर्छ । अर्काे कुरो मन मिल्नुपर्यो । बानी ब्यहोरा त मिलिहाल्छ, मिलाउन सकिन्छ भन्ने लाग्छ ।

प्रेम त पक्कै होला ?

– छैन, अहिलेसम्म सिङ्गल छु । अफर त आइरहेका छन् । मन मिल्न सकेको छैन ।

कुन हिरोसँग फिल्मी रोमान्स गर्न मन छ ?

– म भर्खर यो क्षेत्रमा भित्रिएकी हुँ । मैले कसैको पनि काम हेर्न पाएकी छैन । त्यसैले यो भनेर भन्न सक्दिनँ । अहिले मेरो बढी ध्यान आफूले पाएको भूमिका राम्रोसँग कसरी निभाउने भन्नेतिर रहन्छ ।

रोजेको व्यक्तिसँग डेट जाने अफर दियो भने ?

– सानैदेखि भारतीय गायक आतिफ असलमको गीत धेरै मनपर्छ । उनको आवज पनि लोभ्याउँदो छ । अफर पाए उनीसँग जान्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप