सिंहले युवकमाथि हमला गर्यो, युवकले सिंहलाई नै मारिदिए
अमेरिकाको उत्तरी कोलोराडोमा एक अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ । सिंहसँग आमनेसामने भएपछि सिंह मानिसमाथि भारी पर्ने गरेको हामीले देख्दै र सुन्दै आएका छौं । तर अमेरिकामा यस्तो भएन । सिंहले एक व्यक्तिमाथि हमला गरेर आफ्ना लागि मृत्यु निम्त्याएको छ ।
अमेरिकाको वन्यजन्तु अधिकारीले मंगलबार दिएको जानकारी अनुसार उत्तरी कोलोराडोको बाटोमा हिँडिरहेका एक पहाडी सिंहले युवकमाथि हमला गरेको थियो । युवकले सिंहको घाँटी थिचेर हत्या गर्यो ।
कोलोराडो पार्क्स एण्ड वाइल्डलाइफका अनुसार युवक गत सोमबार फोर्ट कलिन्स नजिकै हर्स ब्लूटूथ माउन्टेन ओपन स्पेसमा एक्लै दौडिरहेका थिए त्यति नै बेला सिंहले पछाडिबाट हमला गर्यो । सिंहसँग संघर्षका बेला युवकको अनुहार र हातमा चोट लाग्यो । यति हुँदा हुँदै पनि उनी सिंहलाई मार्न सक्षम भए ।
युवकलाई गम्भीर चोट लागेका कारण अस्पतालमा भर्ना गरिएको छ । उनी चाँडै नै ठिक हुने डाक्टरले आशा जताएका छन् । अधिकारीले युवकको पहिचान सार्वजनिक गरेका छैनन् ।
सिंह एक वर्षभन्दा पनि कम उमेरको भएकाले युवकलाई रेबिज लाग्ने सम्भावना निकै कम भएको डाक्टरले जानकारी दिएका छन् ।
कोलोराडो पार्क्स एण्ड वाइल्डलाइफकी प्रवक्ता रेबेका फैरेलले भनिन्, ‘युवकको इच्छाशक्ति र उनी निडर भएका कारण सिंहको हत्या गर्न सफल भए ।’
पहाडी सिंहको हमला दुर्लभ छ किनभने उनीहरु मानिसहरु देख्ने बित्तिकै भाग्छन् । उत्तर अमेरिकामा सय वर्षभन्दा बढी वर्षमा जनावरद्वारा २० भन्दा पनि कम मानिस मारिएको घटना सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि