शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तपाईको आजको दिन कस्तो छ ? हेर्नुस् आजको राशिफल

शुक्रबार, २५ माघ २०७५, ०६ : २७
शुक्रबार, २५ माघ २०७५

वि.सं.२०७५ साल माघ २५ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि तृतीया,०२ घडी ३० पला,बिहान ०७ बजेर ४९ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र पूर्वाभाद्रपदा,१५ घडी १६ पला, मध्यान्ह १२ बजेर ५५ मिनेट उप्रान्त उत्तराषाडा । योग शिव,०७ घडि ५७ पला,बिहान १० बजेर ०० मिनेट उप्रान्त सिद्ध । करण गर,बिहान ०७ बजेर ४९ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर ३८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि मिन । पञ्चक। तिलकुन्द चतुर्थी। 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २९ पला । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा  हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन् ।  पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाई सँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाई लेखाईमा मन नजाने हुनालेनतिजा अरुकै पोल्टोमा जानेछ । माया प्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखि हुनेछ । अरुकै पछि लागेर हिड्नाले उललब्धि पनि नहुँने तथा आफ्ना कामहरु थाति रहनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुने हुदा अन्य काम गर्न सहज हुनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुनेछ । पढाई लेखाईमा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदी,बहिनी बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला  । आर्थिक अपचलन सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा समय दिन नसकेपनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपाईको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडि बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्काबिच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुनालेमन प्रशन्न रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायवाट भनेजस्तो आम्दानि नहुदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जीवन शैलि व्यास्त भएपनि आर्थिक रुपमा पछिनै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिभिन्न सभा समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेकोछ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप