साइप्रसमा पनि ल्होसार मनाइयो
बुधबार, २३ माघ २०७५, ११ : ३४
साइप्रस – तामाङ समुदायको पर्व २८५५ औं सोनाम ल्होसार साइप्रसमा पनि मनाइएको छ ।
यूरोपको दक्षिण पूर्वमा पर्ने साइप्रसको लिमासोल भन्ने सहरमा तामाङ घेदुङ साईप्रस शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाइएको हो ।
तामाङ घेदुङ साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रसका महाबणिज्यदूत डा.राम जीवन पंजियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवासीय नेपाली सघं साइप्रसका अध्यक्ष सुवास मल्ल लगायत विभिन्न सघंसस्थाका प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
ल्होसारको शुभकामना दिदै महाबिणज्यदूत डा. पंजियारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने