शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूयोर्कमा  भव्यरुपमा सोनाम ल्होसार मनाइयो

बुधबार, २३ माघ २०७५, ११ : २६
बुधबार, २३ माघ २०७५

न्युयोर्क । तामाङ समाज अमेरिकाले २८५५ औँ सोनाम ल्होसार भव्य रुपमा मनाएको छ । नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदूत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्कका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथिका रुपमा सहभागि रहेका थिए । 

प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेकोमा मुक्त कण्ठले प्रशंसा गरे । 

तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा प्रशंसा गरे । 

कार्यक्रममा तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् । मौलिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजाआज गरेर प्रारम्भ भएको कार्यक्रममा साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

महासचिव बुद्दीमान तामाङले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा लगायत ४५० जनाको उपस्थिति रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप