शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्याम्स हस्पिटलको सिद्धान्त : पहिला उपचार अनि पैसा, बुटिक हस्पिटल बनाउने योजना

बुधबार, २३ माघ २०७५, १० : ४६
बुधबार, २३ माघ २०७५

स्वास्थ्य क्षेत्रमा उदाएको दुई दशकपछि ह्याम्स हस्पिटलको व्यवस्थापन पक्ष फेरिएको छ । ख्याति प्राप्त चिकित्सकलाई एकजुट गराएर सुलभ रूपमा उपचार गराउन ह्याम्प हस्पिटलको व्यवस्थापनमा परिवर्तन गरिएको छ ।  वरिष्ठ पेट रोग विशेषज्ञ डा. मधु घिमिरेले सञ्चालनमा ल्याएको ह्याम्स हस्पिटललाई बानेश्वर बुद्धनगरबाट धुम्बाराहिस्थित मण्डिखाटार रोडछेउ आफ्नै भवनमा सञ्चालन गरिएको छ ।  नयाँ व्यवस्थापनसहित  स्वास्थ्य सेवामा फरक तरिकाबाट उदाएको ह्याम्सले निजी हस्पिटलको बुटिकका रूपमा स्थापित हुने लक्ष्य लिएको छ ।  ह्याम्स हस्पिटल नागरिक माझ स्वास्थ्य सेवाको साथमा आएको दुई दशकभन्दा बढी भयो ।  

नयाँ व्यवस्थापनसँगै हस्पिटललाई नागरिकले पत्याएका चिकित्सकहरू ह्याम्समा भएको हुँदा स्वास्थ्य सेवामा समस्या नभएको अस्पतालका सञ्चालक रामशरण भण्डारी बताउँछन् । ह्याम्सको नयाँ भवन निर्माणको क्रममा पनि हस्पिटल सञ्चालन गर्ने तरिकाले निर्माण गरिएको छ । ह्याम्स अन्य निजी हस्पिटलभन्दा नितान्त फरक भएको सञ्चालन भण्डारी बताउँछन् ।

नयाँ भवनमा ओटी, आईसीयू, सीसीयूको उचाइ स्वास्थ्य क्षेत्रमा तोकिएको नियमअनुसार राखिएको छ । यस्तै हस्पिटलको इक्विपमेन्ट पनि अन्य हस्पिटलभन्दा फरक भएको हुँदा सेवामा विकसित देशले प्रदान गर्नेजस्तै स्वास्थ्य सेवा रहेको हस्पिटलको भनाइ छ ।

गङ्गालालपछि ‘थ्रीडी म्यापिङ’ सेवा

ह्याम्स हस्पिटलले मुटुको चालसम्बन्धी सबैखाले उपचार गर्ने अत्याधुनिक मेसिन ‘थ्रीडी म्यापिङ’द्वारा पनि सेवा सुरु गरिसकेका छ । अत्याधुनिक मेसिन ‘थ्रीडी म्यापिङ’ ल्याउनेमा ह्याम्स निजी क्षेत्रको पहिलो हस्पिटल हो ।  ‘थ्रीडी म्यापिङ’ले मुटुको चाल गडबडसम्बन्धी उपचार गरिन्छ ।  उक्त सेवाको नेतृत्व डा. रोशन राउतले गरेका छन् । ‘थ्रीडी म्यापिङ’बाट अहिले सम्म १० जना भन्दा धेरैको बिरामीको उपचार भइसकेको । ‘थ्रीडी म्यापिङ’बाट मुटुको चालसम्बन्धी साधारणदेखि जटिल सबै खालको उपचार गर्न सकिने छ । उक्त सेवा सहिद गङ्गालाल अस्पतालपछि ह्याम्समा सुरु गरिएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए । डा. रोशन रावत  ‘थ्रीडी म्यापिङ’को सहायताले मुटुको चाल गडबडीसम्बन्धी उपचार गर्ने नेपालको एक मात्र चिकित्सक मानिन्छन् । 

नाम कहलिएका चिकित्सक ह्याम्समा

अहिले ह्याम्समा २५ वटा विभाग छन् । हस्पिटलका सञ्चालक रामशरण भण्डारी भन्छन्, ‘नेपालमा निजी हस्पिटलले सेवा प्रदान गर्न थालेको धेरै लामो समय भएको छैन् तर छोटो अवधिमा धेरै निजी हस्पिटलहरू सञ्चालन भइकेका छन् । अब नागरिकले रोजेर उपचार गर्न सक्ने छन् । सुलभ मूल्यमा ह्याम्समा उपचार गर्न सकिने   छ ।’  

हाल देशमा नै नाम चलेका चिकित्सकहरू ह्याम्समा कार्यरत छन् । कार्डियोलोजी विभागअन्तर्गत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. मनबहादुर केसी, डा. दिवाकर शर्मा, डा. रोशन राउत, डा. मुकुन्द शर्मा रहेका छन् । पल्मोनोलोजी तथा क्रिटिकल केयरतर्फ डा. अर्जुन कार्की, डा. राजु पङ्गेनी, डा. रक्षा पाण्डे, डा. हेमराज पनेरु, डा. सविन कोइरालाले सेवा प्रदान गरिरहेका छन् ।

 यस्तै इन्टर्नल मेडिसिन तथा इन्फेक्सन डिजिजको नेतृत्व डा. अनुप सुवेदी, हाडजोर्नी तथा नसा रोगतर्फ डा. भास्कर पन्त, डा. विज्ञान भण्डारी, डा. प्रशान्त अधिकारी, डा. सन्दिप भण्डारी रहेका छन् भने युरोलोजीतर्फ डा. प्रेमराज ज्ञवाली, डा. सुमन चापागाईं, डा. सुजित पौडेल रहेका छन् ।

ह्याम्समा नेफ्रोलोजीतर्फ डा. महेश सिग्देल, डा. मिधार श्रेष्ठ, थोरासिक एन्ड ब्रेस्ट थाइराइड सर्जरी एन्ड अन्कोलोजीतर्फ डा. प्रकाश सायमी, डा. विभुसल थापा, ग्यास्ट्रोलोजीमा डा. युवराज शर्मा, डा. सन्दिपराज कुँवर, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरीतर्फ डा. प्रवीणविक्रम थापा, डा. अनुज पराजुली, डा. उत्तम लौडारीले सेवा प्रदान गरिरहेका छन् भने नाक, कान र घाँटी विभागमा डा. विमल सिन्हा, डा. कुन्जन आचार्य, डा. विज्ञान ज्ञवाली, डा. सुष्मा भट्टचन रहेका छन् भने स्त्रीरोग विशेषज्ञमा डा. पदमराज पन्त, डा. भोला रिजाल, डा. अदित पौडेल, डा. सुनिता पुन, डा. करिष्मा पाण्डे रहेका छन् ।

 न्युरो सर्जरीमा डा. प्रकाश विष्ट, पेडियाट्रिकमा डा. पंकज रे, डा. रुक्मा आचार्य, मेडिकल अन्कोलोजी विभागमा डा. कमलराज सोती, प्याथोलोजीमा डा. गीता सायमी, डा. रामचन्द्र अधिकारी रहेका छन् । यस्तै रेडियोलोजीमा डा. प्रदीपराज रेग्मी, डा. प्रज्ज्वल ढकाल, छाला तथा यौन रोग विभागमा डा. कमलराज धिताल, मानसिक विभागमा डा. प्रभाकर पोखरेल, म्याग्जिलोफेसियल सर्जरीमा डा. सुमितसिंहलगायतको चिकित्सकको टिम ह्याम्स हस्पिटलमा छन् ।

सय बेड थपिँदै

ह्याम्स हस्पिटलमा अहिले १ सय बेडबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अबको केही समयमा थप सय बेड थपिने अध्यक्ष रामशरण भण्डारी (आरएस) ले बताए । हेलिप्याडसहितको हस्पिटल भवन भएको हुँदा दुर्घटनामा परेको बिरामीको तुरुन्त रेस्क्यु गरेर स्वास्थ्य सेवा प्रदान गर्न सकिने व्यवस्था ह्याम्स हस्पिटलमा रहेको छ ।

यस हस्पिटलमा आईसीयू, सीसीयू गरी २५ बेड, एनआईसीयू र पीआईसीयू १५ बेडको रहेको छ । सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको नीति नियमलाई ह्याम्स हस्पिटलले शतप्रतिशत लागू गरेको हस्पिटल सञ्चालक भण्डारीले बताए ।  

अहिले ह्याम्समा स्वास्थ्य सेवा लिने आउनेमा पहिलो नम्बरमा गाइनोको बिरामीहरू रहेका छन् । कार्डियोलोजी, अर्थाेका बिरामीहरूको पनि चाप बढ्दो छ । हाल ह्याम्सबाट मासिक ३ हजार नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन् ।

सबै प्रदेशमा शाखा सञ्चालन हुने 

ह्याम्स हस्पिटलले आफ्नो सेवा सबै नागरिक समक्ष पु¥याउन सबै प्रदेशमा शाखा सञ्चालन गर्ने योजना रहेको जनाएको छ । दुर्घटनामा परेको कुनै पनि व्यक्तिको अकालमा निधन नहोस् भन्ने उद्देश्यका साथ इमर्जेन्सी ब्याकपसहितको सेन्टर सञ्चालन गर्ने तयारीमा ह्याम्स लागेको अध्यक्ष भण्डारीले रातोपाटीलाई बताए । जसले गर्दा राजधानी बाहिरको बिरामीले पनि ह्याम्सको स्वास्थ्य सेवा पाउने हस्पिटलकोे विश्वास छ ।

 शुलभ मूल्यमा सेवा दिन्छौँ

हस्पिटल सञ्चालक रामशरण भण्डारी भन्छन्, ‘नेपालमा अहिले सञ्चालन भएको निजी हस्पिटलहरू नागरिकको देखाइमा ठूलो हस्पिटल हुनेबित्तिकै महँगो हुन्छ भन्ने सोचाइ छ तर ह्याम्स महँगो हस्पिटल होइन सर्वशुलभ मूल्यमा उपचार गर्न सकिन्छ ।’ ठूलो हस्पिटलले शुल्क धेरै लिने होइन, ठूलो मासलाई उपचार सेवा दिने भनाइ भण्डारीको छ । ओपीडी सेवामा टिकटका लागि ५ सय रुपियाँ लिने गरेको भन्दै अन्य हस्पिटल ह्याम्समा शुल्कमा खासै फरक नभएको हस्पिटलले जनाएको छ ।

अबको केही समयमा हस्पिटलले सञ्चालन गर्ने फार्मेसीबाट नागरिकलाई ५ प्रतिशत छुटको पनि व्यवस्था गरिने छ । हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवा शुल्कको बारेमा हस्पिटलको अनलाईनमा नै राखिने जनाएको छ । 

पहिला उपचार अनि पैसा

सञ्चालक भण्डारी भन्छन्, ‘स्वास्थ्य संस्थाले पैसाभन्दा पनि पहिला उपचार महत्त्व दिनुपर्ने हुन्छ, त्यो कुरा ह्याम्स हस्पिटलमा लागू भएको छ ।’ ह्याम्स हस्पिटलमा आर्थिक  अभावले उपचार नपाउँने जस्ता समस्याहरू नआउने ह्याम्स भण्डारीले बताए । नयाँ भवनमा सरे पछि पनि आर्थिक अवस्था कमजोर भएका १० प्रतिशतलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप