शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनप्रसादको नयाँ कृति ‘सिंहको दरबारभित्र’

मङ्गलबार, २२ माघ २०७५, १८ : ४८
मङ्गलबार, २२ माघ २०७५

काठमाडौं – साहित्यकार राजनप्रसाद निरौलाले नयाँ उपन्यास ‘सिंहको दरबारभित्र’ बजारमा ल्याएका छन् । निरौलाले पुस्तकमा देशमा मौलाएको भ्रष्टाचार, बेथिति, अराजकता, राजनीतिक खिचातानी लगायत बिषय साहित्यको माध्यमबाट अगाडि ल्याएका छन् ।

देशभक्तिका विविध भाव प्रस्तुत गरिएको उपन्यासमा लेखकले देश, काल ,परिस्थितीलाई समेट्ने अथक प्रयास गरेका छन् । मुख्य बिषय भने जीवन, मृत्य र देशको जल्दोबल्दो समस्यामा रहेको भष्टाचार बनेको छ ।
निजामति सेवामा रहेका निरौलाले यसअघि सित्कृति (कवितासंग्रह), खुला आकाश, संघर्ष र शान्ति, अद्भूत प्रेम परीसँग, मृत्यु विरुद्धलगायतका उपन्यास प्रकाशन गरिसकेका छन् ।  नेपाल आमाको कथाका रुपमा समेत व्याख्या गरिएको ‘सिंहको दरबारभित्र’  दिव्य देउराली प्रकाशनले बजारमा ल्याएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप