शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकामाथि यौनदुव्र्यहारको गरेको आरोप

मङ्गलबार, २२ माघ २०७५, १८ : ४६
मङ्गलबार, २२ माघ २०७५

डोटी । लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुव्र्यवहार गरेको भन्ने उजुरी परेको छ । दुव्र्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 

पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने ५१ वर्षीय शिक्षकको नाम भने गोप्य राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप