केन्द्रीय संस्करण

सुष्मा कार्कीको अर्को आइटम :  भन्छिन्, ‘म आँख मारिदिन्छु, बर्बाद पारिदिन्छु ’

person explore access_timeमाघ २२, २०७५ chat_bubble_outline0

काठमाडौं – सुपरहिट फिल्म ‘लुट’को आइटम गीत ‘उध्रेको चोली’बाट चर्चामा आएकी अभिनेत्री सुष्मा कार्की फेरि आइटमा देखिएकी छन् । 

फिल्म ‘गुप्त’को ‘म आँख मारिदिन्छु’ बोलको आइटम गीतमा  उनी अहिले देखिएकी हुन् । प्रदर्शन मितितय हुन बाँकी यो फिल्म युनिटले पहिलो प्रचार सामाग्रीका रुपमा आइटम गीत सार्वजनिक गरेको हो । गीतमा अभिनेत्री सुस्माले बोल्ड ठुम्का लगाएकी छन् । 

गीतमा सहिमा श्रेष्ठको स्वर छ, भने संगीत सजन श्रेष्ठले दिएकी छन् । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोका छायााकंन दिप्सन डंगोल हुन् । 

दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेको फिल्ममा   शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन रहेको फिल्म ‘गुप्त’मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतको अभिनय छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ