केन्द्रीय संस्करण
विश्व

भेनेजुयलामा अमेरिका : हस्तक्षेपको लामो इतिहास

person explore access_timeमाघ २२, २०७५ chat_bubble_outline0

पश्चिमी गोर्लाद्र्धको कुनै त्यस्तो देश बाँकी छैन जुन देश संयुक्त राज्य अमेरिकाको चङ्गुलमा कुनै न कुनै समयमा नफसेको होस् । भेनेजुयला त्यसको अपवाद होइन । १९ औं शताब्दीदेखि नै वाशिङ्टनले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । त्यो शिलशिला आज पनि चालु छ । आजभोलि भेनेजुयलामाथि   अमेरिकाको आडमा सत्ताकब्जा र प्रत्यक्ष   अमेरिकी सैनिक हमलाको खतरा दिनानुदिन बढ्दो छ ।

हस्तक्षेपको लामो इतिहास

बीसौं शताब्दीमा अमेरिकाले भेनेजुयलामाथि विशेषतः त्यहाँको तेलको लागि हस्तक्षेप ग¥यो । त्यसअघि भने तेलकै मात्र   अमेरिकाले भेनेजुयलामाथि हस्तक्षेप गर्दैनथ्यो । सन् १८९५ मा भेनेजुयला र बेलायतबीच सिमाना विवाद भएको थियो । त्यत्तिबेला   अमेरिकामा ग्रुभर क्लिभल्याण्डको सरकार थियो । ल्याटिन अमेरिकाका कुनै पनि देशमा युरोपेली देशको उपनिवेशवादविरुद्ध प्रतिपादित मुन्रो सिद्धान्तमा आधारित रहेर एउटा विश्व शक्तिको रुपमा वाशिङ्टन सो सिमाना विवादमा संलग्न भएको थियो । वाशिङ्टनले सो विवादमा भेनेजुयलाको पक्ष लिएको थियो । विवादमा भेनेजुयलाको जीत भयो । क्लिभल्याण्ड सरकारले त्यत्तिबेला भनेको थियो,“आज व्यवहारतः अमेरिकी महादेशमा   अमेरिका सार्वभौम बनेको छ ।” त्यसो भनेर उसले मसिनो स्वरमै सही, बेलायतविरुद्ध युद्धको धम्की दिएको थियो । समयान्तरमा सो प्रसड्डमा बेलायत   अमेरिकासामू झुकेको थियो ।

सन् १९०८ मा डच र भेनेजुयलाबीच विवाद भयो ।   अमेरिकी जलसेनाले भेनेजुयलाका तत्कालीन उपराष्ट्रपति जुआन भिसेन्टे गोमेजलाई सत्ताकब्जा गर्न मद्दत ग¥यो । ‘क्याचफिस’ नामले चिनिएका गोमेजले प्रत्यक्ष वा आफ्नो कठपुतली राष्ट्रपतिहरूमार्फत् जीवनको अन्तिम दिनसम्म भेनेजुयलामाथि शासन चलायो । सन् १९३५ मा उनको निधन भयो । क्याचफिसको शासन मध्ययुगीन निर्ममताको एउटा उदाहरण थियो । राजनीतिक बन्दीमध्ये ‘भाग्यमानी’ ले जेलनेलको सजाय पाउँथे । अभागीलाई घाँटी वा अण्डकोशमा अंकुश लगाएर झुण्ड्याइन्थ्यो ।

गोमेज निकै भ्रष्ट थिए । उनको निधन हुँदाको समयमा गोमेजसँग २० करोड अमेरिकी डलर (आजभोलिको मँल्यमा ३ अर्ब ६० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति भएको बताइन्छ । स्ट्याण्डर्ड आयल(आजभोलिको इक्जोनमोबिल) र रोयल डच शेललगायतका विदेशी तेल कम्पनीहरूलाई ठूलो मात्रामा छुट दिएर उनी वाशिङ्टन र अमेरिकी व्यापारिक केन्द्र वाल स्ट्रिटको प्रिय बनेका थिए । रोमुलो बेतानकोर्ट बीसौं शताब्दीको मध्यतिर भेनेजुयलामा दुई कार्यकाल राष्ट्रपति थिए । उनी आधुनिक प्रजातान्त्रिक भेनेजुयलाका संस्थापक मानिन्छन् । गोमेजबारे उनले लेखेका छन्, “भेनेजुयाली अर्थतन्त्रमाथि विदेशी नियन्त्रणको लागि गोमेज एक हतियार थिए । उनी शक्तिशाली बाह्य स्वार्थका सहयोगी र नोकर थिए ।”

शताब्दीदेखि दक्षिण अमेरिकी देश भेनेजुयलामाथि   अमेरिकी नीति र कार्यको मूल ध्येय भेनेजुयलासँग भएको अथाह पेट्रोलियम पदार्थको दोहन हो । त्यही कारण वाशिङ्टनले सन् १९४८ देखि १९५८ सम्म एक दसक भेनेजुयलामा तानाशाही शासन चलाएका निरंकुश तानाशाही मार्कोस पेरेज जिमेनेजलाई सहयोग गरेको थियो । जिमेनेजको शासनकालमा पनि गोमेजको शासनकालमा जस्तै राजनीतिक बन्दीहरूलाई निकै निर्मम यातनाको शिकार बनाइन्थ्यो । जिमेनेज आफ्ना जनताप्रति जति क्रुर थिए, बहुराष्ट्रिय कम्पनीहरूको लागि त्यत्ति नै हार्दिक थिए । आफ्ना जनतालाई भन्दा बहुराष्ट्रिय कम्पनीलाई नजिक मान्ने जिमेनेज सरकारलाई वाशिङ्टनले निकै प्यारो मान्थ्यो । ‘विशेष सेवा र उपलब्धि हासिल गर्न गरेको असामान्य योगदान’ वापत उनलाई वाशिङ्टनले ‘द मिलिटेरी लिजिअन अफ मेरिट’ पदकबाट सम्मानित समेत गरेको थियो । हजारौं निर्दोष भेनेजुयालीलाई कैदी बनाउने, यातना दिने र हत्या गर्ने जिमेनेज सरकारको राष्ट्रिय सुरक्षा निर्देशनालयलाई वाशिङ्टनले अतुलनीय सहायता गर्ने गरेको थियो ।

सन् १९५८ मा भेनेजुयलामा प्रजातन्त्र स्थापना भयो । त्यसको केही वर्षपछि दक्षिण अमेरिकाका अधिकांश देश अमेरिकी आडमा उदाएका सैनिक तानाशाहका फलामे मुठ्ठिभित्र जकडिन पुगे । दमनकारी तानाशाही शासनका सेना र सुरक्षाकर्मीलाई   अमेरिकाले तालिम दिने गथ्र्यो ।   अमेरिकी सैनिक विद्यालय र अन्य प्रशिक्षणालयमा अपहरण, यातना, हत्या र प्रजातन्त्रको दमनको विषयमा प्रशिक्षण चलाउने गथ्र्यो । अमेरिकाले तयार गरेको यातनाको निर्देशिकाअनुसार तालिम प्राप्त हत्यारा स्क्वायडले जतिबेला मध्यअमेरिकादेखि अर्जेन्टिनाका निर्दोष पुरुष, महिला र केटाकेटीको हत्या, यातना र तिनलाई आतंकित गर्दै थियो, त्यत्तिबेला दसकौंसम्म भेनेजुयालीहरूले शान्ति र समृद्धिको समय बिताए । तथापि   अमेरिकाले भेनेजुयाली मामिलामा हस्तक्षेप गर्न छोडेन । सन् १९९८ मा भएको स्वतन्त्र र निष्पक्ष चुनावबाट ह्युगो चाभेज निर्वाचित भए । त्यसपछि भेनेजुयलामा बोलिभारियाली क्रान्तिको थालनी भयो । त्यत्तिबेला अमेरिकाले भेनेजुयलामा गरेको हस्तक्षेपको आकार हेर्दा त्यसले संसारलाई चकित पार्ने गरेको छ ।

यो पनि...

अमेरिका किन भेनेजुएली मदुरो सरकार हटाउन चाहन्छ ?

बोलिभारियाली क्रान्ति

बोलिभारियाली क्रान्ति आर्थिक र सामाजिक सुधारको शृंखला हो । त्यो क्रान्तिले भेनेजुयलामा नाटकीय रुपमा गरिबी र अशिक्षा घटाएको छ । साथै त्यहाँका करोडौं जनताको स्वास्थ्य र अन्य जीवन अवस्थामा ठँलो मात्रामा सुधार भएका छन् । संसारले नै यो प्रगति स्वीकारेको छ । यो सुधारअन्तर्गत राष्ट्रिय अर्थतन्त्रका प्रमुख सबै पक्ष राष्ट्रकरण गरियो । समाजवादी उत्थानको रुपमा यो क्रान्ति अघि बढ्यो । त्यही कारणले चाभेजलाई करोडौं जनताको आँखाका नायक र भेनेजुयाली कँलीन वर्गको शत्रु बनाइदियो । बोलिभारियाली क्रान्तिले दक्षिण अमेरिकी देशहरूबीच थप बलियो र शान्तिपँर्ण सम्बन्धलाई जोड दिन्छ । त्यो क्रान्ति भेनेजुयलामा मात्र सीमित रहेन । ल्याटिन अमेरिकाका अन्य देशमा पनि त्यो क्रान्ति बिस्तार भयो । त्यही क्रान्तिकै आधारमा   अमेरिकाकै लाखौं मानिसलाई चाभेजले निःशुल्क रुपमा घर तताउन इन्धनको बन्दोबस्त गरेका थिए । यस्ता क्रियाकलापले चाभेज वाशिङ्टनको आँखी भएका थिए ।

अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यु बुशले   सङ्घमा दिएको भाषणमा चाभेजलाई ‘राक्षस’ भनेका थिए । तिनकै सरकारले सन् २००२ मा चाभेजविरुद्ध सैनिक विद्रोह गरायो । तर त्यो विद्रोह असफल भयो । त्यो विद्रोहमा नवअनुदारवादीहरू जस्तै इलिअट अब्राहम्स र अट्टो रेइचको निकै नजिकको सम्बन्ध थियो । अब्राहम्स बदनाम इरान–कोन्ट्रा घटनासँग जोडिएका अपराधी थिए जसले मध्य अमेरिकामा   अमेरिका निर्देशित आमनरसंहारका घटनामा प्रमुख भँमिका खेलेका थिए । रेइच क्युवाबाट भागेका आतड्ढवादीहरूका कट्टर समर्थक थिए जो अमेरिकी महादेशभरि कम्तीमा सयौं पुरुष, महिला र केटाकेटीको हत्याको लागि जिम्मेवार थिए । सैनिक विद्रोहका मुख्य दुई योजनाकारहरू सैनिक कमाण्डर इफ्रेन भासक्युज र जनरल रामिरेज पोभादे   अमेरिकी सैनिक विद्यालयबाट तालिम प्राप्त थिए । सैनिक विद्रोहले केही समयसम्म चाभेजलाई सत्ताच्युत ग¥यो तर ४७ घण्टापछि चाभेजका पक्षधर सेनाले उनलाई फेरि सत्तामा स्थापित ग¥यो ।

बाराक ओबामाले चाभेजको बदनाम गर्ने बुशकै नीतिलाई निरन्तरता दिए । ओबामाले चाभेजको सरकारलाई ‘अधिनायकवादी’ भने । निर्वाचन पर्यवेक्षण गर्ने संस्था कार्टर सेन्टरका काम कारबाही वापत नोबेल शान्ति पुरस्कार जितेका   अमेरिकाका पँर्वराष्ट्रपति जिम्मी कार्टरले भेनेजुयलाको निर्वाचनलाई ‘संसारकै उत्कृष्ट चुनाव’ भनेका थिए । तथापि ओबामाबाट त्यस्तो नकारात्मक प्रतिक्रिया आएको थियो । ओबामाले भेनेजुयलालाई ‘  अमेरिकी राष्ट्रिय सुरक्षाको लागि असामान्य खतरा’ घोषणा गरेका थिए । ओबामाले आफ्नो देशले इतिहासमा कहिल्यै पनि युद्धको थालनी नगरेको भन्ने चकित पार्ने कुरा समेत त्यत्तिबेला गरेका थिए । अमेरिकाले ल्याटिन अमेरिका र क्यारिबियन देशहरूमा पचासभन्दा बढी पटक हमला, कब्जा वा हस्तक्षेप गरेको छ । जतिबेला ओबामाले यो कुरा गर्दै थिए,   अमेरिका मध्यपुर्व, उत्तरी अफ्रिका र दक्षिण एसियाका सात वटा देशमा वमबारी गर्न व्यस्त थियो । दसकौँसम्म   अमेरिकाका हरेक सरकारले भेनेजुयलाको छिमेकी देश कोलोम्बियालाई ठूलो सहयोग गर्दै आएको छ ।   अमेरिकाले कोलोम्बियालाई अरबौं डलर सैनिक र आर्थिक सहायता गर्दै आएको छ । जबकि सरकार र त्यहाँको अर्धसैनिक दस्ताले गर्ने आमसंहार र पुँजीपति वर्गको हितको लागि आदिबासी तथा मजदुरहरूमाथि गर्ने गरेका घातक दमनका लागि कोलोम्बियाली सरकारको आलोचना हुँदै आएको छ ।

यो पनि...

भेनेजुएलामाथि हस्तक्षेप : हामीले समाजवादको पक्ष लिने कि साम्राज्यवादको ? 

वाशिङ्टनका साथीहरू

सन् २०१३ मा ह्युगो चाभेजको निधन भयो । चाभेजको निधनपश्चात भेनेजुयलाको राष्ट्रपति पदमा निकोलस माडुरो निर्वाचित हुँदैआएका छन् । सन् २०१७ को जुलाईमा निकोलस माडुरोविरुद्ध   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी लगायो । यो निकै आश्चर्यचकित पार्ने तर   अमेरिकाको आफ्नै खालको पाखण्डी थियो । माडुरोले बोलिभारियाली क्रान्तिलाई निरन्तरता दिने घोषणा गर्दा वाशिङ्टनले भेनेजुयलामाथि हमला गर्ने धम्की दियो । त्यो क्रान्तिले मानिसलाई ‘दुःख दिएको’ वाशिङ्टनको भनाई थियो । ट्रम्पले भेनेजुयलाको सन्दर्भमा यस्ता कुरा गर्दै गर्दा अर्कोतिर संसारकै सबभन्दा बढी मानवअधिकार उल्लंघनकर्ता देशहरू जस्तै इस्लामिक अतिवादी राजतन्त्र साउदी अरबलाई भने समर्थन गरिरहेको छ । साउदी सरकारले यमनमाथि हमला गर्नुका साथै त्यहाँ भोकमरीको अवस्था निम्त्याइरहेको छ । साउदीले यमनमा गरेको हमलाकै कारण यमनमका दसौं हजार मानिस अनाहकमा मारिएका छन् । साउदी सरकारले आफ्नै जनतामाथि पनि क्रुर दमन गर्दैै आएको छ ।

भेनेजुयलामा अवैधानिक रुपमा राष्ट्रपति पदमाथि कब्जा जमाउन खोज्ने हुँवा गाइडोलाई मान्यता दिनु र नवअनुदारवादी शासन परिवर्तनका कुख्यात खेलाडी इलिअट अब्राहम्सलाई विशेष प्रतिनिधिमा नियुक्त गर्ने ट्रम्पका पछिल्ला कदमले भेनेजुयलाको सरकार र सेनालाई फाल्ने र विद्रोहको बीउ छर्ने तरिकाबाट प्रपञ्च बनाइएको देखिंदैछ । प्रमुख नवअनुदारवादी आर्किटेक्ट र सन् २००३ मा इराकमाथि हमलाका मुख्य नेता जोन बोल्टनले इरान, भेनेजुयलालगायतका देशमा सरकार परिवर्तनको पक्षमा वकालत गर्दै आएका छन् । उनले  भेनेजुयला, क्युवा र निकारागुआलाई ‘तानाशाहीका त्रिखुट्टी’ घोषणा गरेका छन् । उनको यो पाखण्डीपूर्ण उपमाले पूर्वराष्ट्रपति बुशले दिएको ‘दुष्टहरूको मण्डली’ को स्मरण गराउँछ । बोल्टनले दुरभविष्यको भयावह अवस्थाको पूर्णतः उपेक्षा गर्छ र ट्रम्प सरकारको आडमा सत्तापरिवर्तनको लागि वकालत गर्दै आएका छन् ।

अमेरिकाले आफ्नो र वाल स्ट्रिटका पुँजीपति वर्गले चाहेको भन्दा भिन्न राजनीतिक र आर्थिक बाटो आफ्नै स्वविवेकले चुन्ने कुनै पनि सरकार वा राजनीतिक आन्दोलनमाथि दमन, गुप्तचरी र नाकाबन्दीमार्फत सधैं असफल बनाउने प्रयास गर्ने गरेको छ । लामो समयदेखि   अमेरिकाले बोलिभारियाली क्रान्तिमाथि दमन गर्न खोजिरहेको थियो । अरु असङ्ख्य जनताका सङ्घर्ष र आन्दोलनलाई जस्तै यसलाई पनि दमन गर्न चाहेको थियो । माडुरो सरकार पूर्ण छैन । तर वाशिङ्टनले एकातिर माडुरोलाई अधिनायकवादी भनिरहेको छ र काराकसमा सत्तापरिवर्तनका लागि वकालत गरिरहेको छ भने अर्कोतिर संसारभरिकै क्रुर तानाशाहीहरूलाई समर्थन पनि गरिरहेको छ । वाशिङ्टनले ती तानाशाहहरूलाई समर्थन गरिरहेको छ किनभने उनीहरू र   अमेरिकाबीच हमलाकारी रक्तपातपूर्ण काम गर्नेमा समानता छ । यस्तै पाखण्डका कारण पृथ्वीमा   अमेरिका बद्नाम छ । विशेषतः संसारका गरिब जनता बस्ने भूभागमा   अमेरिकाको विरोध हुने गरेको छ ।

(ब्रिट विलकिन्स सान फ्रान्सिसकोका लेखक तथा अभियन्ता हुन् ।) 

स्रोतः टेलिसुर

नेपाली अनुवादः नीरज लवजू

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ