सेक्स टोयमार्फत् महिला बलात्कार गरेको आरोपमा १९ वर्षे युवती पक्राउ
२५ वर्षकी एक महिलालाई सेक्स टोयमार्फत बलात्कार गरेको आरोपमा एक १९ वर्षीया भारतीय युवती पक्राउ परेकी छिन् । अदालतले उनलाई जुडिशल कस्टडीमा तिहाड जेलमा पठाएको छ ।
घटना गत वर्ष सेप्टेम्बरको हो । यो मामलामा सीमापुरी पुलिसले तीन युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर पुलिसले अर्की आरोपी १९ वर्षकी युवतीमाथि भने मुद्दा दर्ता गरेको थिएन । सर्वोच्च अदालतले समलैंगिकता (धारा ३७७) लाई अपराधको श्रेणीबाट बाहिर निकालेको भन्दै उनी आफू पक्राउ पर्न नहुने बताएकी थिइन् ।
नर्थ ईस्टमा बस्ने पीडितका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक बलात्कार र कुटपिट गरिन् ।
जानकारीका अनुसार पीडित महिला एक व्यवसायमा लगानी गर्नका लागि मानिससँग भेटघाट गरिरहन्थिन् । यसै क्रममा उनको भेट रोहित र राहुलसँग भयो । भेट भएकै दिन दुबैले पीडित महिलालाई दिलशाद कोलोनीको एक अपार्टमेन्टमा पुर्याएर सामूहिक बलात्कार गरे । त्यसपछि भिडियो बनाएर पीडितलाई ब्ल्याकमेल गर्न थाले । आरोपका अनुसार १९ वर्षकी युवतीले सेक्स टोयमार्फत् पीडितलाई बलात्कार गर्थिन् । अब ती युवतीलाई बलात्कारको आरोपमा समलैङ्गिकताको आधारमा पक्राउ गरिएको छ ।
शाहदरा जिल्लाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी