बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

मङ्गलबार, २२ माघ २०७५, ०६ : ११
मङ्गलबार, २२ माघ २०७५

काठकाडाैं - वि.सं.२०७५ साल माघ २२ गते । मंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि प्रतिपदा,५२ घडी २५ पला,रातको ०३ बजेर ४९ मिनेट उप्रान्त द्धितिया । नक्षत्र धनिष्ठा,अहोरात्र । योग व्यातिपात,०४ घडि ३५ पला,बिहान ०८ बजेर ४१ मिनेट उप्रान्त वरियान । करण किंष्तुध्न,दिउँसो ०२ बजेर ४३ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मकर,बेलुकी ०६ बजेर ४६ मिनेट उप्रान्त कुम्भ । सोनमल्होसार ९तामाङ ल्होछार० । श्रीबल्लभ जयन्ती। धनिष्ठा पञ्चक प्रारम्भ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४६ मिनेट । दिनमान २७ घडी १९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ । साझबाट समय राम्रो रहेकोले आफन्त तथा साथिभाईबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु अलपत्र हुँनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुनालेदैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानि भने फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा विलाशि जीवन व्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । साझपख सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । साझपख व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन नजाने हुनालेअरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारि साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । बेलुकीपख वादबिवादमा तपाईकै जित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अदालति तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथिको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरि छ । पढाई लेखाईमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेआर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम गर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुँने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

मिन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानिको तुलनामा खर्च कम हुने हुदा फाईदा हुने क्षेत्र खोजेर लगानि गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनितिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप