घर फर्किए च्याम्पियन (फोटोफिचर)
संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वेदश फर्किएको छ ।
आइतबार भएको तेस्रो तथा अन्तिम टी–२० खेल नेपालले यूएईलाई १४ रनले पराजित गरको थियो । यससँगै नेपालले टी–२० सिरिजमा २–१ को जित हात पारेको थियो ।
यसअघि नेपालले वान डे सिरिज पनि २–१ ले नै जितेको थियो ।
नेपालले वानडे र टी–२० दुवै खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरिजमाथि कब्जा जमाएको हो ।
नेपालले सिरिजसँगै व्यक्तिगत उपाधिमा पनि बर्चस्व जमायो । वान डेमा शतक प्रहार गरेका कप्तान पारस खड्काले म्यान अफ द सिरिज भए । टी–२० मा युवा बलर अभिनाश बोहोरा म्यान अफ द सिरिज चुनिए ।
वान डेअन्तर्गत दोस्रो खेलमा सोमपाल कामी म्यान अफ द म्याच बनेका थिए । टी–२० मै उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । टी–२० को अन्तिम खेलमा करण केसी म्यान अफ द म्याच भएका थिए ।
टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने यूएईबाटै अष्ट्रेलिया जाने टोलीका प्राविधिक रमन सिवाकोटीले जानकारी दिए । सन्दीप बिग बास लिगको बाँकी खेल खेल्न अष्ट्रेलिया जान लागेका हुन् ।
बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको सुरुवाती चार खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश आएका थिए । सन्दीपले बिग बासका चार खेलमा आठ विकेट लिएका थिए ।
त्यसपछि सन्दीप यूएईविरुद्ध खेल्न नेपाली टिममा समावेश भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीरव मोदीको लन्डनस्थित घर बेच्ने अनुमति
-
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
-
पत्रकारिताको स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा किशोर नेपाल
-
राजश्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
-
चीनको ‘जीडीआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल
-
अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ