मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुलबुल’ गीत : स्वस्तिमाको कोसँग ‘ज्याद्रै बस्यो दिल’ ?

सोमबार, २१ माघ २०७५, ११ : ४४
सोमबार, २१ माघ २०७५

काठमाडौं – प्रदर्शनको मिति नजिकिदै गर्दा चलचित्र ‘बुलबुल’ले नयाँ गीत ‘जाद्रै बस्यो दिल’ सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा हजारौं दर्शक माझ निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।

प्रचारमा फरक शैली अपनाउदै आएको यो फिल्म युनिटले ‘माया ओई ओई’ गीत पनि दर्शकमाझ कलाकार नचाउदै सार्वजनिक गरेको थियो ।

गीतको दृश्यमा अभिनेत्री स्वस्तिमा खड्का कहिले सडकमा हिंडदै गरेकी र कहिले पानीमा रुझ्दै गरेकी देखिएकी छन् । 

सार्वजनिक गीतमा मनिकला पौडेलको शव्द, उदगम परियारको संगीत र रजिना रिमालको स्वर छ ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्राई लगायतको अभिनय छ । अविरल थापालगायतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । फिल्म फागुन ३ गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ । 

– कार्यक्रममा बोल्दै निर्देशक विनोद पौडेलले फिल्मले समाजको एक वर्गको जीवन जस्ताको तस्तै पस्कने प्रयास गरेको बताए । 

‘सिनेमालाई हामीले सधैं आदर्शको भारी बोकाउँदै आएका छौं । यसलाई कलाको माध्यमको रुपमा मात्र लिइनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने, ‘दुई तीन महिना यो विषयमा अनुसन्धान गरेर मात्र यस्को कथा तयार गरेका हौं । संवाद वा दृश्य कुनै पनि कुरा मन गढन्ते छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप