बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जुन गाडीमा भविश्य देखियो, त्यसैले ७० दिनमै लियो ज्यान

आइतबार, २० माघ २०७५, १९ : ३७
आइतबार, २० माघ २०७५

बुटवल– सवारी साधनको सुविधा उपभोगसँगै उपभोग गर्ने मानिसको जीवन पलपल खतरामा छ र कति बेला के हुने हो भन्ने कुरा अनिश्चित छ । त्यही अनिश्चित जीवनको उदाहरण बने गुल्मी वामी तिम्लेचौर गाउँका ३० वर्षीय ठाकुर सापकोटा । श्रीमतीको हातले  दिएको खान खाएर हिँडेका उनको त्यही हातले दिएको खानानै अन्तिम खान र यात्रा बन्न पुग्यो ।

सानैदेखि  गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्य बोक्दै आएका सापकोटाले कहिले कुखुरा पालन गरे, कहिले मिल चलाए तर पनि उनी सफल हुन सकेनन् र ६ महिना जति रोजगारीका लागि भारतमा भौतारिए । जापानमा रहेका दाजु कृष्णप्रसाद सापकोटासँग सल्लाह मागे । तत्काल भिसा पठाउने अवस्था नभएपछि उनी एउटा जिप किनेर गाउँमै केहि गर्छु भन्ने सल्लाह लिएर गाउँ फर्के ।

दाजुकै सहयोगमा १३ लाखभन्दा बढी मूल्य तिरेर जिप किने । डाईभरसँग दिनहुँ कुद्न थाले । शुक्रबार बिहान सदाझै वामी मैदानमा राखेको जिप स्टार्ट गर्न आए । स्टाट गरिसकेपछि ९ बजेको समयमा घर फर्के । जीप खरिद गरेको शुक्रबार ७० दिन भएको थियो ।

श्रीमती माया सापकोटाले खान पस्केर श्रीमानलाई टक्राईन् । खान खाएलगतै हात हल्लाउँदै झरेर डाईभरलाई गाडी चलाउन लगाउँदै केहि यात्रु राखेर वामीटक्सार बजारतिर झरे । त्यसको पाँच मिनेट नहुँदै गाडी ब्रेक फेल भई करिव डेढ सय मिटर तल झर्यो ।

(नोट : सो घटनाका पीडित परिवारका एकजना सदस्यबाट उनीहरुले सो घटनालाई भुल्न चाहेको तर यो समाचार छापिएको कुराले बारम्बार त्यस कुराको स्मरण गराइरहेको भन्ने इमेल हामीलाई ढिला गरी प्राप्त भएको छ । परिवारजनको भनाइको संवेदनशीलतालाई ख्याल गर्दै हामीले उनकै अनुरोधमा यो समाचारका तस्बिरहरु र यसभन्दा मुनिका समाचार अंशलाई  हटाएका छौं । सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप