शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा १० वर्षीया बालिका रुमतीको बलात्कारपछि हत्या, २ जना पक्राउ

आइतबार, २० माघ २०७५, १८ : ५१
आइतबार, २० माघ २०७५

मोरङ– प्रहरीले १० वर्षीया बालिका बलात्कार गरी हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–८ बलुवाही बस्ने १९ वर्षीय चन्दु महतो र सोही ठाउँ बस्ने २५ वर्षीय भुट्टु भन्ने अब्वास अन्सारी रहेका छन् । उनीहरु दुबैजना मजदुर हुन् । पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको छ ।

माघ १२ गते राति करिब ८ बजे बालिका दास हराएको भन्दै उनका बाबुले प्रहरीमा निवेदन दिएका थिए । निवेदन परेलगत्तै तत्काल खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर नजिकै बालिकाको चप्पल र
टोपी तथा स्थानीय सिंघिया खोलामा माघ १३ गते निर्वस्‍त्र अवस्थामा शव फेला परेको थियो । 

प्रहरीले शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।  शवसँगै संकलित सबुदहरु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं तथा औषधी व्यवस्था विभागमा समेत पठाइसकिएको प्रहरीले जनाएको छ ।

घटना हुने दिन साँझ अब्वास र चन्दुबीच पीडितको घर नजिकै भेट भएको, जबरजस्ती करणी गर्ने सल्लाह भएपछि बालिकालाई नजिकैको चौरमा लगी मुख थुनेर जबरजस्ती करणी गरेको तथा घाँटी थिचेर हत्या गरी शव खोलामा फालेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार बालिकाको लुगा खोला किनारमालुकाएको, भोलिपल्ट अब्वासले शव अड्किएको ठाउँबाट पुन धकेलिदिएका थिए ।  

 घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप