शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट लागू औषधसहित दुईजना पक्राउ

आइतबार, २० माघ २०७५, १८ : २३
आइतबार, २० माघ २०७५

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ स्थित नागढुंगा चेकप्वाईन्टबाट लागू औषध कारोबारमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लतिलपुर स्थायी घर भएका २६ वर्षीय सिरिश कर्माचार्य र सोही उमेर समुहका सरदराज भण्डारी रहेका छन् ।

आईतबार मध्यान्ह पक्राउ परेका उनीहरुको साथबाट ५४ एम्पुल फेनारगन, ५४ एम्पुल नुफ्रिन र सोही परिणाममा डाईजेपाम (सेरेज्याक) बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटका प्रमुख (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु. १ ख. ९९८५ नम्बरको यात्रुबाहक बसमा सवार कर्मचार्य र भण्डारीलाई चेकजाँच गर्दा प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा लागु औषध फेला परेको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप