शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरमा ट्याटु छ ? यस्तो हुनसक्छ तपाईंको यौन जीवन

आइतबार, २० माघ २०७५, १३ : ४३
आइतबार, २० माघ २०७५

आजकाल मानिसहरुबीच ट्याटु बनाउने निकै क्रेज छ । मानिसहरुले आफ्नो शरिरमा विभिन्न कुरा दर्साउने ट्याटु खोपेका हुन्छन् तर एक अनुसन्धानले ट्याटु बनाउने शौख यत्तिकै उत्पन्न नहुने दाबी गरेको छ ।

अनुुसन्धानका अनुसार जो व्यक्ति ट्याटु बनाउँछन् उनीहरुले अत्यधिक मानसिक तनाव झेलिरहेका हुन्छन् । यतिमात्र होइन, उनीहरु राती राम्रोसँग सुत्नसमेत पाइरहेका हुँदैनन् ।

शरिरमा ट्याटु बनाउने व्यक्तिहरु निकै जोखिम लिने किसिमका हुन्छन् । उनीहरु धुम्रपान, मद्यपानका आदी हुन्छन् भने जेल जान पनि हिच्किचाउँदैनन् ।

यो अनुसन्धान एक पोलमार्फत गरिएको थियो जसमा १८ देखि २९ वर्षका दुई हजार मानिसलाई समावेश गरिएको थियो । यीमध्ये ४० प्रतिशतले ट्याटु बनाएका थिए ।

साथै, यीमध्ये ५० प्रतिशतले दुईदेखि पाँचवटा ट्याटु बनाएका थिए भने १८ प्रतिशतले ६ वटाभन्दा बढी ट्याटु बढाएका थिए ।

अनुसन्धानमा ट्याटु बनाउने व्यक्तिका एकभन्दा बढी यौन साथी पनि हुने पाइएको छ ।

यतिमात्र होइन, अनुसन्धानमा यस्ता व्यक्तिलाई यौनसाथी फेरिरहन कुनै समस्या नभएको पनि बताइयो । उनीहरु जोखिममा रहन रुचाउँछन् र असुरक्षित यौनसम्पर्क समेत गर्छन् ।

फ्लोरिडाको मियामी युनिभर्सिटीका अनुसन्धानकर्ताले यो शोध तयार पारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप