१०० नंमा २३ प्रतिशत ब्लफकल
चितवन । अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नंमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ ।
प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० नम्बरमा आउँछ । गत एक वर्षमा गरिएको अध्ययनमा आएको फोनमध्ये २३ प्रतिशत ब्लफकल हुने गरेको पाइएको हो । पाँच सेटमार्फत फोन उठाउने गरिएको प्रहरी नियन्त्रण कक्षमा रहेको उक्त हटलाइनमा अनावश्यक फोनले कहिलेकाहीँ प्रहरी हैरान हुने गरेका छन् ।
उक्त फोनमा सामान्य सोधपुछका ३७ प्रतिशत र सवारी दुर्घटनासम्बन्धी १८ प्रतिशत फोन आएको पाइएको छ । एक वर्षमा गरिएको अनुगमनमा घरायसी झगडासम्बन्धी पाँच प्रतिशत, सामान छुटेका बारे एक प्रतिशत, सामाजिक अशान्तिका १३ प्रतिशत र मानिस हराएका बारे तीन प्रतिशत फोन आएको पाइएको थापाले जानकारी दिए ।
ब्लफ कलले हैरान बनाउने गरेको प्रहरी नियन्त्रण कक्षका एक जना प्रहरीले बताए । उनका अनुसार महिलाहरुले खाना खानुभयो, मलाई चिन्नु भएन जस्ता कुरा गर्ने, कहिलेकाहीँ किशोरकिशोरी र बच्चा जम्मा भएर हेल्लो प्रहरी कन्ट्रोल भनेर जिस्क्याउने, कुकुर भुकेको आवाज सुनाउने र रोएको आवाज सुनाइदिने गरेका छन् ।
कतिपयलाई फोन गरेरै अभिभावकलाई सम्झाउने गरिएको उनको भनाइ छ । चितवन प्रहरीले सामुदायिक सेवामार्फत नागरिक सहायता कक्षबाट गत एक वर्षमा २८ हजार ३९५ जनालाई सेवा पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु