शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लुना’ लोकार्पण

शनिबार, १९ माघ २०७५, २१ : १९
शनिबार, १९ माघ २०७५

काठमाडौँ । डा. तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । 

लेखनकुञ्जमा आज आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत, मनोविद् करुणा वन्तलगायतले संयुक्तरुपमा विमोचन गरे । 

सो अवसरमा शताब्दी पुरुष जोशीले आफूले विसं १९९५ मा पढेको ‘रुपमति’देखि ‘लुना’सम्म आइपुग्दा उपन्यासमा धेरै विविधता आए पनि जीवनवादी दृष्टिकोणले यो उपन्यास अहिलेसम्मकै फरक रहेको बताए । 

लेखक डा लाकौलले आफ्नो जीवन असाध्यै जटिल मोडमा भएको अवस्थामा लेखिएको यो कृतिले आफूलाई ‘शेली’को कविता याद दिलाएको बताए ।

‘भयानाक पीडाबाट एक सुन्दर कविता जन्मन्छ’ भन्ने उक्ति जस्तै यस कृति पनि जीवनको निकै दर्द भएर बाँच्न नसक्ने बेलामा लेखेकाले यसले समाजलाई प्रेरणा दियो भने आफूलाई खुशी लाग्ने बताए । 

घोष्ट राइटिङ नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो । उक्त कृतिको मूल्य रु ३५० रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप