शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित नागढुंगाबाट तीनजना पक्राउ

शनिबार, १९ माघ २०७५, २० : ३२
शनिबार, १९ माघ २०७५

काठमाडौं – प्रहरीले नागढुंगा चेकपोइन्टबाट लागुऔषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको धुलिखेल नगरपालिका–५ स्थायी घर भएका अजित बस्नेत, भक्तपुर बस्दै आएका रोहन खड्का र सिन्धुपाल्चोकस्थित साँगाचोक स्थायी घर भएका रञ्जन थापा रहेका छन् ।

शनिवार मध्यान्ह सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडीमा आएर चेकप्वाइन्ट भन्दा केही पर झरेर पैदल आउँदै गरेका धुलिखेलका अजित बस्नेतको साथबाट ९ सय ट्याब्लेट नाईट्रोभ्याट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।  

बस्नेतको साथबाट प्रहरीले एक एम्पुल नुफ्रिन र सोही परिणामको डाईजेल्याव बरामद गरेको छ ।

शुक्रवार बिहान बिरगञ्जबाट काठमाडौं आउँदै गरेका रोहन खड्का र रञ्जन थापाको साथबाट ३९ एम्पुल फेनारगन, ३९ एम्पुल डाईजेल्याव र सोही परिणामको नुफ्रिन समेत गरी कुल ११७ एम्पुल लागुऔषध बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.७ ख. ४७५१ नम्बरको यात्रुबाहक बसमा सवार रोहन, रञ्जन र पैदल हिँडेको अवस्थामा लागु औषधसहित समातिएका अजित बस्नेतबारे थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप