बानेश्वर प्रहरीद्वारा लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत बानेश्वरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा घर भएका ३२ वर्षीय धवनजय कुमार वर्णकार र सोही स्थानकी ३० वर्षीया ज्ञाननी थापामगर रहेका छन् । उनीहरुलाई बल्खुबाट पक्राउ गरिएको वृतका डीएसपी गोविन्दराज काफ्लले जानकारी दिए ।
उनीहरुको साथबाट फेनरगन–१७५, नुरफिन–१८७, डाईजोल्याप– १९४ गरी जम्मा ५५६ थान लागुऔषध र तीन थान मोबाइलसहित बरामद गरिएको डिएसपी काफ्लेले बताए ।
लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्य अनुरुप विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि महानगरीय प्रहरी वृत कालीमाटी बुझाएको उनले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ