शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मालीले जिते १० लाख डलर, फेरि जित्छु भन्दै किने अर्को चिट्ठा

भोजपुरको गुम्बालाई ६० हजार दिने अधिकारीको घोषणा
शनिबार, १९ माघ २०७५, १७ : ३४
शनिबार, १९ माघ २०७५

-विजय थापा 

डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मनासस शहरमा नेपाली मूलका पत्रकार निदेश अधिकारीद्वारा सञ्चालित किराना पसलबाट खरिद गरेको चिठ्ठाबाट एक मालीले १० लाख डलर जितेका छन् ।

मनासस निवासी माली पेशामा रहेका जर्ज टिन्नेल नामक व्यक्तिले भर्जिनियाको मनासस् शहरस्थित फेयरभ्यू ग्रोसरी नामक पसलबाट पावर बल चिट्ठा किनेका थिए । गत जनवरी ५ तारिख शनिबारका दिन एक मिलियनको चिट्ठा परेको थियो ।

लामो समयसम्म परेको चिट्ठा लिन नआएको भनिएता पनि उनले प्राप्त गरेको रकमको समाचार जनवरी ३१ तारिखको दिन पत्र पत्रिकामा भर्खर प्रकाशित भएको छ । 

उनले पहिले नै दावी गरि कर कटाएर उनलाई ७ लाख २० हजार डलर हस्तान्तरण गरिएको छ । उनले गत जनवरी ७ तारिखका दिन उक्त रकम हात पारीसकेका छन् ।

अमेरिकाभरि खेलिएको पावरबल चिठ्ठा ३–७–१५–२७–६९ संख्या मध्ये ५ नम्बर मिलाएका थिए । तर पावर बल १९ मिलेको थिएन । उनले रकम प्राप्त गरेपछि यो समयमा आफूलाई चिट्ठा पर्छ भन्ने लागेको बताएका छन् । 

माली आज फेब्रुअरी १ तारिखका दिन अधिकारीद्वारा सञ्चालित किराना पसल फेयरभ्यू ग्रोसरीमै आई पुनः चिट्ठा किनेका छन् । र, उनले फेरी चिट्ठा जित्ने छु भनि सञ्चालक अधिकारीलाई बताए ।

यत्रो रकम जितेता पनि उनी सामान्य पोशाकमा सामान्य भएर आएको पसल सञ्चालक अधिकारीले बताए । पत्रकार तथा सञ्चालक अधिकारीले अगाडी भने आफ्नो माली पेशा नछोड्ने पनि उनले जानकारी गराएको बताए ।

पत्रकार तथा व्यवसायी अधिकारीले भर्जिनिया राज्य सरकारबाट छुट (कमिसन) बापतको १० हजार डलर पाएका छन् । आफूले पनि रकम पाएपछि सञ्चालक अधिकारीले आफू जन्मिएको जिल्ला भोजपुर चरम्बीमा बन्दै गरेको गुम्बाको लागि नेरु ६० हजार दिने घोषणा यसैमार्फत गरेका छन् ।

चिट्ठाको नतिजा निस्केपछि ६ महिनाभित्रमा कसैले दावी नगरे चिठ्टाको पैसा राज्य सरकारले नै विद्यालहरुलाई खाजा खर्च या विद्यार्थीहरुको अन्य बिबिध खर्चको लागि दिने कानुनी व्यवस्था छ । 

स्मरण रहोस् उक्त फेयरभ्यू स्टोरले २ बर्ष पहिले पनि आधा मिलियन डलरको चिट्ठा जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप