शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता :   ढल

शनिबार, १९ माघ २०७५, ११ : १६
शनिबार, १९ माघ २०७५

राजन पराजुली 

डुङडुङी गनाइरहेको छ
वर्षौंदेखि कैयौँले नाक थुनिरहेका छन्
गनाएको ढलमाथि बसेर
आफूलाई राजा सम्झिन केही गुह्ये किराहरू
त्यही गनाएको ढल खाएर डकार्छन्

आवश्यक छ ढल सफा गर्ने व्यक्ति
आवश्यक छ सुगन्ध फैलाउने व्यक्ति

आफूलाई समाजका बादशाह सम्झनेहरू
उक्त ढलभित्र किरा बनेर
बाहिरी दुनियामाथि
दुर्गन्धित राजनीतिको गन्ध फैलाउँछन...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप