बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोल्ने सिस्नुको गुनिलो गुण

शनिबार, १९ माघ २०७५, ०४ : ३१
शनिबार, १९ माघ २०७५


गाई, भैंसी, साँढेको सीङ हुन्छ । सीङले गाई, भैंसीलाई शत्रुबाट बच्न मद्दत गर्दछ । सीङ यी जनावरको आफूलाई रक्षा गर्ने अंग हो । अरु पनि धेरै जनावरहरुमा यस्तो रक्षा गर्ने अंगहरु हुन्छ ।

त्यस्तै कुनैकुनै बनस्पतिहरुमा पनि शत्रुबाट बच्न प्रकृतिले नै यसलाई रक्षा गर्ने अंग दिएको हुन्छ । सिस्नुमा काँढाहरु हुन्छन् । काँढा भएकोले नै सिस्नुलाई मानिस र अरु जनावरले सजिलै मास्न सक्दैनन्, काँढाले घोचेर पोल्न डर हुन्छ । सिस्नुलाई शत्रुबाट बच्न काँढाले सहयोग गर्छ । यसैले काँढाहरु सिस्नोको रक्षा गर्ने अंग हुन् ।

सिस्नुको काँढाको टुप्पा तीखो हुन्छ र फेदमा फुकेको थैली जस्तै हुन्छ । यही थैलीमा विष हुन्छ । सिस्नोमा भएको विष वास्तवमा एक किसिमको एसिड हो । त्यो एसिडलाई फोर्मिक एसिड (formic acid) भनिन्छ । हलुका किसिमले मात्रै छोयो भने पनि काँढाको टुप्पा हाम्रो छालामा छिर्छ । त्यसपछि काँढा भाँचिन्छ र हाम्रा छालामा टाँसिएर आउँछ । काँढामा भएको विष हाम्रो छालामा पस्छ । अनि हामीलाई पोलेको अनुभव हुन्छ ।

–‘बालविज्ञान प्रश्नोत्तर’बाट (परिमार्जनसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप