शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नानीको होमवर्क र उसको निद्रा

शुक्रबार, १८ माघ २०७५, ०७ : ५२
शुक्रबार, १८ माघ २०७५

नानीहरुको होमवर्क अहिले शिक्षाको अंग जस्तै बनेको छ छन् । बालकहरुको मस्तिष्कमा होमवर्कले अहम् भूमिका खेलेको हुन्छ । हुनत, होमवर्क सवैक्षेत्रहरुमा त्यतिकै अपरिहार्य बनिरहेका छन् । कुनै पनि समस्या वा द्वन्द्वको समाधानको प्रक्रिया पनि होमवर्ककै प्रतिफल हो । कुनै एउटा निर्णय गर्नु अगाडि होमवर्कको महत्व छ ।

तर शिक्षा क्षेत्रमा होमवर्क सही ढंगले प्रयोग भइरहेको छैन ।  यस क्षेत्रमा होमवर्कले बालक बालिकाहरुको निन्द्रालाई खलबल पुर्याउँदछ । अलिकति रमाइलो गर्न लागे कि नानीहरुलाई होमवर्क कै चिन्ता, टी भी हेर्न बसे पनि होमवर्क, साथीहरुसंग खेल्न लागेपनि होमवर्कको चिन्ताले पिरोल्दछ । हरेक अभिभावकको मुखमा नै होमवर्क, नानीहरुको सपनामा पनि होमवर्क, खाना खानेबेलामा पनि होमवर्ककै चिन्ता, लुगा लगाउन लगाउन खोज्यो कि होमवर्ककै चिन्ता हुन्छ । यसरी होमवर्क उनीहरुका लागि पढाइको स्तर बृद्धि गर्ने नभएर मानसिक तनावको प्रमुख कारण बन्छ । यसरी होमवर्कलाई आतंकको पर्यायवाची बनाइदिने प्रमुख व्यक्ति विद्यालयका सरमिसहरु नै हुन ।

नानीहरुका लागि होमवर्क पढाइको सशक्त माध्यम हो भन्ने कुरालाई नकार्न सकिदैन । असल र उचित होमवर्कले बालकलाई असल बनाउँछ । बोझिलो होमवर्कले उनीहरुको दिमागमा नकारात्मक असर पर्न सक्दछ । दिमागको नकारात्मक असरले शैक्षिक उन्नतिमा वितृष्णा पैदा हुने डर बढी रहन्छ । साथै बोझ, अनिद्रा, अस्वस्थकर बनाउँछ । उनीहरुले खास खास सिक्नुपर्ने कुरा पूरा मात्रामा नसिकिकन अधुरो सिक्दछन् । अधुरो शिक्षा हासिल गर्नु भनेको उच्च शिक्षा हासिल गर्न कठिन हुनु हो । त्यसैले होमवर्क दिँदा बालबालिकाहरुलाई असल खालको दिने गर्नु पर्दछ । नानीहरुलाई दिने होमवर्क कार्यमा सकारात्मक र नकारात्मक दुबै पक्षहरु हुन्छन् ।

विभिन्न अनुसन्धानबाट के कुरा प्रमाणित भइसकेको छ भने बढी होमवर्कमा जोतेकोे नानीहरुको मानसिक क्षमता अभिबृद्धि निकै पछि परेको पाइएको छ । साथै उनीहरुको सिर्जनात्मक र प्रबर्द्धनात्मक क्रियाकलाप बढी सक्षम नभएको कुरा प्रष्ट भएको छ  । त्यसैले नानीहरुलाई होमवर्क दिँदा समयको ख्याल गरी बालमनोवैज्ञानिक आधारहरु अपनाउनु पर्ने जरुरी देखिन्छ ।

बिदाको निम्ति होमवर्क

प्रत्येक बर्ष विद्यालयहरुमा विदाहरु निश्चित अवधिमा गरिएको हुनुपर्छ । त्यसको निम्ती छुट्टै योजना र क्यालेण्डरकै जरुरत पर्दछ । तर हाम्रो देशको शैक्षिक क्यालेण्डरहरुमा तुलनात्मकरुपमा विरोधाभास देखिन्छ।  सरकारी विद्यालयमा हिउँदे विदा १ महिनाको हुन्छ । तर प्राईभेट बोर्डिङ्ग विद्यालयहरुमा १ हप्ता वा १० दिन मात्रै दिने चलन पनि छ । विदाको होडवाजीले पनि शैक्षिक स्तर अस्तव्यस्त छन् ।

त्यसैले सम्बन्धित निकायले शैक्षिकक्षेत्रको क्यालेण्डर बनाउँदा सरकारी र प्राईभेट बोर्डिङ्गमा  एकरुपता ल्याउनु जरुरी पर्छ । उदाहरणको लागि, परीक्षा लिने, नतिजा प्रकाशित गर्ने, शैक्षिक सत्र सुरु गर्ने हिउँदे वा बर्षे विदाहरुमा एकरुपता आदि आदि ।  भौगोलिक विकटताले गर्दा अन्य कार्यक्रमहरु फरक भए पनि विदा, परीक्षा लिने, नतिजा प्रकाशित गर्ने, शैक्षिक सत्र सुरुवात गर्ने आदिमा एकरुपता हुनु जरुरी देखिन्छ ।  बर्षे विदा वा हिउँदे विदा हुनु भन्दा अधिल्लो दिन सबै नानीहरुलाई बढी भन्दा बढी होमवर्क दिएर व्यस्त गराउने प्रवृत्ति देखिएको छ । यस्तो कार्य ज्यादै नकारात्मक कुराभित्र पर्दछ ।

नानीहरुको कार्यक्षमता र समयबधीलाई ख्यालै नगरी हचुवाको भरमा होमवर्क दिने गर्नाले बालकहरुको मन मस्तिष्कमा नकारात्मक असरहरु पर्दछन् । जसको परिणामस्परुप उनीहरुको मनमा विकृित पैदा हनु सक्छ । अतः उनीहरुको समयको पावन्दी, क्षमता र आमोद प्रमोद गर्ने, साथीभाईसंग खेल्ने डुल्ने आदिलाई विचार पु¥याउनु पर्दछ । उनीहरुमा होमवर्क भनेको मेरो लागि हो, मैले होमवर्क गर्र्नुपर्छ, मेरो आफ्नो शैक्षिक उन्नति वा प्रगतिको लागि हो भन्ने अनुभूति जागृत गराउनु पर्दछ ।  होमवर्कको खास अर्थ र तात्पर्य पनि यही नै हुनुपर्छ ।

त्यसैले कुनै कुनै विद्यालयमा राम्रा नपढाइकन नानीहरुलाई बोझिलो किसिमको होमवर्क दिने गर्दछन् । जुन ज्यादै नकारात्मक छ । त्यस्तो कुरालाई नियन्त्रण गर्न राज्यले नै कुनै ठोस नीति नियमहरु बनाउनु पर्छ।  जुन नीति र कानुनले यस्तो व्यवहार गर्ने सम्बन्धित व्यक्तिलाई कुनै किसिमको दण्डा र सजायको भागिदार बनाउनु पर्दछ ताकि यस्तो नकारात्मक त्रियाकलापलाई हातोत्साही गरी नानीहरुलाई रमाइलो र मनोरञ्जनात्मक किसिमले आफ्नो प्रतिभा र खुबीलाई प्रस्फुट्न गर्न अवसरहरु प्रदान गर्न सकियोस् । त्यसको निमित्त होमवर्कको बारेमा ठोस अध्ययन र अनुसंन्धान गरी उचित निर्णय गर्ने बेला आइसकेको छ ।

विगतको तुलनामा आजभोलि शिक्षाको परिभाषामा निकै परिवर्तन आइसकेको छ । केही वर्ष अगाडि मात्रै क्mम्प्युटर शिक्षा कुन चराको नाम हो भन्ने व्यक्तिहरु आज त्यसको लागि हुरुक्क हुने भएका छन  । कम्प्युटरको माध्यमले सारा विश्व नै साँघुरिएको छ । यस्को सहायताले कुनै पनि विषयबारेमा अध्ययन गर्नु परेमा इन्टरनेटको माध्यमद्वारा सारा विश्व र ब्रम्हाण्डको अध्ययन गर्न सजिलो भइसकेको छ ।  साथै खुल्ला विश्वविद्यालयको अवधारणाले मानिसहरुले आफ्नो घरमा बसी बसी विश्वविद्यालयका डिग्रीहरु प्राप्त गर्न सकिने अवस्था आइसकेको छ । यस्तो जमाना आइसक्दा पनि हाम्रो देशमा भने अध्यापन गर्ने तरिकाका उही पुराना शैली ज्यूँका त्यूँ छन् ।

शिक्षा “सबैको लागि“ सर्वसुलभ हुनुपर्छ भने अवधारणाबाट प्रेरित भई शिक्षाको बारेमा विभिन्न ठूलठूला अध्ययन–अनुसन्धानहरु  भएका छन । तर शिक्षा निमुखा, गरीब समुदायको पहुँच भन्दा बाहिरको भैरहेका कुरा नकार्न सकिँदैन । अतः शिक्षालाई सर्वसुलभ बनाउन विभिन्न योजना परियोजनाले पनि उक्त समुदायका व्यक्तिहरुमा झिनो पनि असर पार्न सकेको छैन् । यस्को मुख्य कारक तत्वको रुपमा योजना कार्यान्वयन राम्ररी नहुनु, पुग्दो मात्रामा लगानी गर्न नसक्नु, बाल अधिकारलाई ख्याल नगर्नु, अनिवार्य शिक्षा लागु गर्न नसक्नुको कारणले पनि गरीबको रेखामुनिका समुदाय शिक्षाबाट अझै पनि बन्चित रहको पाईन्छ । 

के होमवर्क अनिवार्य र अपरिहार्य छ ?

नानीहरुलाई होमवर्क अनिवार्य छ र उनीहरुको उमेर, स्तरलाई ध्यान दिएर होमवर्क दिनुपर्छ । होमर्वकले कति हदसम्म सकारात्मक पक्षलाई अगाल्छ भन्ने कुरालाई ख्याल राख्न जरुरी छ । यदि त्यसो गर्न सकेन भने नानीहरुमा प्रतिकुल असर पर्न जान्छ । शायद होमवर्कको प्रचलन परापूर्वकालदेखि नै भएको हुनु पर्छ ।  हाल होमवर्कको प्रचलन सरकारी विद्यालयमा भन्दा प्राईभेट बोर्डिङ्ग स्कूलमा बढी देखिन्छ । बोर्डिङ्ग स्कूलहरुमा विभिन्न किसिमका फिसहरु — महिना फिस, कम्प्युटर, पुस्तकालय, औषधि, युनिर्फम, खेलकुद आदि आदि र त्यति मात्रैले नपुगेर विभिन्न किसीमका अतिरिक्त शुल्कहरु पनि लगाउने गरिएको छ । यसरी अभिभावकले आफ्ना नानीहरुलाई बढी लगानी गरेपछि त्यसको प्रतिफल बढी अपेक्षा राख्ने गरेको छ । त्यस कारणले बोर्डीङ्ग स्कूलहरुमा नानीहरुलाई बढी होमवर्क दिई बढी शैक्षिक अपेक्षा गर्ने गरिन्छ । जसले बालकहरुमा बढी बोझ पर्न गई सृजनात्मक र प्रबद्र्धनात्मक कार्यबाट बञ्चित हुन्छन् । मात्र उनीहरु घोकन्ती र अनुत्पादक शिक्षा हासिल गर्ने गर्दछन् ।  यस्तो शिक्षाले उनीहरुको मनमस्तिष्कमा शैक्षिक वितृष्णा पैदा भई समाजमा हुनुपर्ने क्रियाकलाप जस्तै आदर सदभावना सदाचार अनुशासन, सामाजिक रीतिरिवाज आदि आदिमा सकारात्मक भावना पैदा नहुन सक्छ ।

तैपनि अभिभावकहरुले यस्तो मनोवैज्ञानिक कुरालाई बेवास्ता गरी फोनमा वा विद्यालयमा गएर यति होमवर्क दिनुस है भनी नानीहरुलाई बढीभन्दा बढी होमवर्क दिन प्रेरित गर्दछन् । जुन सरासर गलत मानसिकता र बढी महत्वाकांक्षाका उदाहरण हुन् । अभिभावकहरु आफ्ना नानीहरुलाई छिटोभन्दा छिटो धेरै पढेर ठूलो मान्छे बनोस् भन्ने गलत धारणाबाट ग्रस्त छन् । पढाइ भनृको कसैको प्रेसरले वा फोर्सले हुने कुरा होइन, त्यसको निम्ति उनीहरु भित्री आत्मादेखि जागृत हुनुुपर्छ । त्यसको निम्ति शिक्षक, अभिभावक वा सम्बन्धित व्यक्तिले आवश्यक सहयोग पु¥याउनुपर्छ । अनी मात्र उनीहरुको शिक्षाप्रति सकारात्मक भई होमवर्कले व्यक्तिगत उन्नति र प्रगति गर्न सक्दछ । त्यसैले सिर्जनात्मक र प्रवद्र्धनात्मक कुराहरु सिक्नेतिर मोड्न सक्ने होमवर्कले शैक्षिक गुणस्तरलाई उच्च राख्न सक्ने कुरामा कुनै सन्देह रहँदैन। यिनै सबै कुराहरुलाई मध्यनजर राखी कार्य गरेमा होमवर्कले नानीहरुको निन्द्रामा कुनै किसिमको खलबल पुर्याउने छैन ।

सकारात्मक— नकारात्मक होमवर्कको असरहरु

सकारात्मक

१. उमेर अनुसारको होमवर्क दिनु पर्ने   

२. किताबबाट सार्ने लेख्ने, मात्रै नभएर अन्य किसिमका होमवर्क दिनु पर्ने जस्तैः ढुङ्गा जम्मा गर्ने, पातहरु जम्मा गर्ते, चित्रहरु लेख्ने आदि ।

३. दैनिक आधा घण्टादेखि एक घण्टासम्मको मात्र  होमवर्क दिने ।

४. सरल र बौद्धिक खालको हुनुपर्ने

५. सिर्जनात्मक र प्रवर्तनात्मक किसिमको हुनु पर्ने

६. थोरै र चुस्त दुरुस्त खालको हुनु पर्ने

७. शारीरिक अस्थिरता र मानसिक तनावरहित हुनु पर्ने ।

८. मनोरंञ्जनात्मक र ज्ञानबर्धक हुनु पर्ने

नकारात्मक

१. बढी भन्दा बढी होमवर्क दिने

२. खाली किताबी कुरा सार्ने र लेख्ने काम मात्र दिने ।

३. धेरै समय सम्म गर्नु पर्ने होमवर्क दिने ।    

४. कठिन होमवर्क दिने (सजाय दिने किसिमले दिने)

५. होमवर्क सिर्जनात्मक नहुने  

६. होमवर्क नै सिकाइको सम्पूर्ण आधार मान्ने र ठान्ने

७. समय विताउने किसिमको मात्र हुने (अर्थ न बर्थको (Gribbles types) हुने)

८. खेलकुद, मनोरंञ्जनको लागि समय नहुने खालको हुने र निद्रामा पनि बर्बराउने खालको हुने ।

लेखक एजुकेट द चिल्ड्रेन नेपालका शिक्षा निर्देशक हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मीभक्त बासुकला
लक्ष्मीभक्त बासुकला
लेखकबाट थप