बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘डा. केसीलाई नै मानसिक अस्पतालमा लगेर जचाउनु पर्ने हो कि भन्ने हाम्रो सल्लाह भइरहेको छ’

राजनीतिक एजेण्डाहरु बोक्छ भने चिकित्सक संघ खारेज गरे हुन्छ : डा. रामप्रसाद उप्रेती
बिहीबार, १७ माघ २०७५, १० : १२
बिहीबार, १७ माघ २०७५

प्रा. डा गोविन्द केसी १६ औ अनसनका कारण देशभरको स्वास्थ्य क्षेत्र आन्दोलित हुनुका साथसाथै विरामीहरुको उपचारमा पनि निकै समस्यामा परेको छ । विगतमा डा. केसीको अनसनहरुलाई करिब करिब सबैले समर्थन गर्दै आएकोमा गत पुस २५ गतेदेखि शुरुभएको १६ औं अनसनमा उनले स्वास्थ्य क्षेत्रका अलावा द्वन्द्वकालको विषयलाई आफ्नो मागमा मिसाउनुका साथसाथै प्रधानमन्त्री एवं सत्तासीन दलका अध्यक्षद्वयलाई समेत ‘गालीगौलज’ को भाषा प्रयोग गरेपछि उनको अनसन विवादित बनेको छ । एकातिर डा. केसी र उनका समर्थकहरु माग पूरा नभएको भन्दै आएका छन् भने अर्कोतिर डाक्टर केसीको धेरै माग सम्बोधन भए पनि राजनीतिक कुरालाई  लिएर अनसन बसेको चिकित्सकहरुले नै आरोप लगाउन र विरोधमा उत्रन थालेका छन् । सोही सिलसिलामा अस्पताललाई अनसन स्थल बनाउन नहुने भन्दै डा. केसीको अनसनको विरुद्धमा उत्रिएका टिचिङ अस्पतालका प्राध्यापक डाक्टरहरु तथा विद्यार्थीहरुले माघ १७ गते गर्ने भनिएको विरोध कार्यक्रमलाई संयोजन गर्नुभएका महराजगञ्ज क्याम्पसका प्राध्यापक डा. रामप्रसाद उप्रेतीसँग रातोपाटीका लागि अञ्जु तामाङले गरेको कुराकानीको मुख्य अंश प्रस्तुत छ :

१५ औ अनसनसम्म प्रा.डा गोविन्द केसीको अनसनलाई समर्थन जनाउँदै आन्दोलनमा उत्रिने स्वास्थ्यकर्मीहरु अहिले केसीको अनसन विरुद्धनै उत्रन थालेका छन् । तपाईंले त आफ्नै संयोजनमा विरोधका कार्यक्रम पनि तय गर्नु भएछ नि ? 

डा. केसी र म विगत ४२ वर्षदेखि सँगसँगै छौँ । डा. केसीले पहिलो अनसन सुरु गर्नुभयो आजभन्दा ६ वर्ष अगाडि, त्रि.वि मा उहाँले चाहेको मान्छेलाई डिन बनाउनु पर्ने मागसहित । मिडियाहरुले पनि उहाँलाई देवत्वकरण गर्नुभयो, कतिसम्म भने गोविन्द केसी मात्रै सत्य, बाँकी सबै झुट भन्ने मिडियाले बनायो । त्यसले गर्दा उहाँमा यति अहंकार आयो कि उहाँले जे भनेको हो, त्यही हुनुपर्छ भन्ने कुरा हुनथाल्यो । डा. केसीको अनसनको माग र विषयवस्तु स्वास्थ्यक्षेत्रसँग सम्बन्धित देखिएपछि उहाँले शुरुदेखि नै राजनीतिक आग्रह देखाउँदै आउनुभएको छ । वामपन्थी समर्थकहरु पदमा आउने भएपछि त्यसको विरुद्धमा अनसन बस्ने र भाँजो हाल्ने काम सुरु गर्ने उहाँको प्रवृत्ति हो । तर म पनि त्यही छु । म जस्ता धेरै डाक्टरहरु टिचिङमा हुनुहुन्छ, उहाँको माग अनुसारको मान्छे त्रि.वि. शिक्षण अस्पतालमा आउँछ र म्याद सकेपछि हिँड्नुहुन्छ । विश्वविद्यालयले प्रक्रिया पु¥याएर नियुक्त गरेको मान्छेलाई किटानै गरेर त्यो भएन, निकाल भन्नुहुन्छ । उहाँले तोकेकै मान्छे ल्याउनुपर्छ भन्नुहुन्छ । 

उदाहरणको लागि, डिनमा डाक्टर धर्म बास्कोटा आउनुभएको थियो प्रक्रिया पुर्याएर केही गर्न सक्ने मान्छे हुनुहुन्थ्यो उहाँ तर डा. केसीले अनसन बसेर उहाँलाई निकाल्नुभयो । यसरी डिन आउने निकाल्ने प्रक्रिया धेरै पटक चल्यो । पछिल्लो दिनमा मैले भनेपछि जे पनि हुन्छ भन्ने उहाँलाई लाग्न थालेर अहिले नानाभाँती राजनीतिक एजेण्डालाई पनि लिएर उत्रिनुभएको छ, जुन कुरा हामीलाई चित्त बुझेको छैन । 

मुख्य कुरा त उहाँलाई अनसन बस्न मन छ भने अन्त कतै गएर आफ्नै दानापानी र खर्चमा अनसन बसे हुन्छ । सरकारको तलब खाने अनि हाम्रो संवैधानिक निकायका प्रमुखहरुलाई तथानाम बोल्ने कुरा प्राध्यापक डाक्टर जस्तो जिम्मेवार व्यक्तिका लागि शोभनीय कुरा होइन । टिचिङ अस्पताल भनेको अनसनको थलो होइन । बिरामीको सेवा गर्ने, विद्यार्थीले अध्ययन गर्ने र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने विश्वमा नै चिनिएको संस्थालाई अनसनको थलो बनाउन नहुने हाम्रो माग हो । त्यसैले त्रिविलाई अनसन थलो बनाइनु हुँदैन भन्ने पक्षमा कार्यक्रम गर्ने तयारी गरेका हौँ ।

महाराजगञ्ज मेडिकल कलेजका थुप्रै प्राडाहरु, नर्सहरु, क्याम्पसमा अध्यनरत थुप्रै विद्यार्थीले त डा. केसीलाई गुरु नै भनेर समर्थनमा लागेका छन्, उहाँले त स्वास्थ्य क्षेत्रकै मागहरु राख्नुभएको छ भन्दै आएका छन् । तपाईहरुले चाहिँ किन आपत्ति जनाउनु पर्यो नि ?

महाराजगञ्ज मेडिकल क्याम्पस अर्थात् त्रि.वि शिक्षण अस्पतालका ९५ प्रतिशत कर्मचारीहरु गोविन्द केसीको अनसनलाई समर्थन नगर्नेहरु छन् । अनसन बस्नु हुन्न, कम्तिमा शिक्षण अस्पतालमा चाहिँ अनसन नबस्नुस् भनेर धेरै पटक भनियो तर उहाँहरु मान्नु भएन । अति भएपछि अहिले विद्यार्थीहरु पनि डा. केसीको विरुद्धमा उठ्न थालेका छन् । 

अध्ययनमा पनि समस्या भएको हुँदा अनसन बस्न नहुने पक्षमा धेरै विद्यार्थीहरु रहेका छन् । चिकित्सकको ठूलो समूह पनि अहिले केसीको अनसन विरुद्धमा छन् । सुरुको अनसनमा स्वास्थ्य क्षेत्रमा केही होला कि भन्ने आशले लाग्नेको संख्या धेरै थियो तर अहिले डा. भगवान कोइराला, डा.प्रेम ज्ञवाली, डा. प्रदिप ज्ञवाली लगायत हामी सबै चिकित्सकहरु डा. केसीको अनसनको विपक्षमा छौँ । तर यो कुरा देखिँदैन, मिडियाहरुले डा. केसीलाई प्राथमिकता दिने, विपक्षमा बोल्यो कि माफिया भनेर डामिदिने गलत प्रवृत्ति गर्दा हाम्रो कुरा नआएको हो । 

डाक्टरले मान्छेको स्वास्थ्योपचार गर्ने अधिकार छ भन्दैमा त्यसैलाई हतियार बनाएर विरामीमाथि खेलवाड गर्ने, उनीहरुको स्वास्थ्योपचारको हकलाई बन्धक बनाउने ? त्यो हुनुहुँदैन । त्यसकारण हामीले अस्पतालमा अनसन बस्नु हुँदैन भन्दै आइरहेका छौँ । 

त्यसकारण, वास्तकिता के रैछ भन्ने कुराको बारेमा बुझाउनको लागि माघ १७ गते बिहान ११.३० बजे टिचिङ अस्पतालको प्राङगणमा मेडिकल विद्यार्थी, नर्सिङ विद्यार्थी,नर्स,डाक्टर प्रोफेसर, कर्मचारी सबैलाई सयुक्त रुपमा भेला गर्दैछौँ ।  वास्तविक कुराको बारेमा नागरिकलाई जानकारी गराउन चाहनन्छौँ । 

अस्पताललाई अनसन बसेर बन्धक नबनाउँ, डाक्टर भनेको बिरामी जाँच्नको लागि सेवा गर्नको लागि अध्ययन गरेको हो । बिरामी कहाँ/कहाँदेखि उपचार गर्न आउँछन्, ओपिडि बन्द हुन्छ, अहिले बिस्तारै आकस्मिक कक्षमा पनि उपचार नहुने स्थिति बन्दैछ । फेरि सबै मान्छे आकस्मीक कक्षमा गए पछि थेग्नै सक्दैन । मर्ने र समस्या हुने भनेको बिरामीलाई हो । सस्तो सुलभ मुल्यमा उपचार हुने सरकारी अस्पतालमा सधै आन्दोलन, बन्द हुने अनि बिरामी चाहिँ घरजग्गा बेचेर बाध्य भएर नीजि अस्पातमा जानुपर्ने समस्या पैदा हुँदैछ, गराइँदैछ । यसले फाइदा कसलाई भयो ? 

डाक्टरले मान्छेको स्वास्थ्योपचार गर्ने अधिकार छ भन्दैमा त्यसैलाई हतियार बनाएर विरामीमाथि खेलवाड गर्ने, उनीहरुको स्वास्थ्योपचारको हकलाई बन्धक बनाउने ? त्यो हुनुहुँदैन । त्यसकारण हामीले अस्पतालमा अनसन बस्नु हुँदैन भन्दै आइरहेका छौँ । 

सर्वाेच्च अदालतले अस्पतालभित्र अनसन, धर्नाजस्ता कार्यक्रम गर्न पाइँदैन, पठनपाठन र विद्यार्थीको सेवा प्रभावित हुन्छ भन्दै परमादेश जारी गरेको छ । हामी त्यो परमादेशलाई पालना होस्, अस्पतालमा आएका बिरामीहरुले सेवा पाउन् र राम्रोसँग पठनपाठन होस्, अनुसन्धानका कुराहरु होउन् भन्ने चाहान्छौँ । उहाँलाई आफ्ना मागहरु राख्ने र उठाउने अधिकार छ । तर उहाँले अहिले विशुद्ध राजनीतिका कुराहरु समेत आफ्ना मागमा हाल्नु भएको छ । 

तपाई आफैं पनि प्राध्यापक तथा टिचिङ मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी पनि पूरा गरिसक्नुभएको व्यक्ति, डा. केसीको अनसनलाई राम्रोसँग नियाल्नु भएको छ । डा. केसीको अनसनले स्वास्थ्य क्षेत्रमा उपलब्धि के भयो बुँदागत रुपमा भन्नुपर्दा ? 

काठमाडौँ भित्र १० वर्ष मेडिकल कलेज नखोल्ने कुरा थियो, त्यो भइसक्यो, अहिले सरकारले १० वटा विधेयक ल्याएर बाहिरनै खोल्ने भनेको छ त अनि चिकित्सक शिक्षा आयोग बनाउँ, त्यो आयोगले सबै कुरा हेर्ने पनि भनेको छ, मेडिकल विश्वविद्यालय खोल्ने पनि भनेकै छ । अनि उहाँलाई के कुरामा चित्त बुझेन अहिले ? 

अहिले उहाँको गम्भीर असहमतिको कुरा मनमोहन मेडिकल कलेजप्रति हो । यसलाई वामपन्थीको हो जस्तो लागेर उहाँले रोक्नु भएको हो । यो कलेजलाई रोक्ने उहाँले कसमै खानु भएको थियो र रोक्नु भएको हो । सरकारलाई घुडाँ टेकाउँछु भन्नुहुन्थ्यो, १५ औ अनसनमा सरकारले घुडाँ टेकेकै हो । केही न्यायाधीशहरु र केही मानव अधिकारकर्मी पनि उहाँका पछाडि हिँडेका छन् ।  मुलुकलाई तहसनहस पार्ने, विधि प्रक्रियाहरुलाई नमान्ने, सबैधानिक निकायका व्यक्तिहरुलाई तथानाम गाली गर्ने कुराले के संकेत गर्छ ? 

१६ औ अनसनसम्म आउँदा स्वास्थ्य क्षेत्रमा परेको नकारात्मक असर ?  

नेपालबाट सयौंको संख्यामा ५० लाख लिएर मेडिकल, नर्सिङ अध्ययनको लागि देश बाहिर जान्छन्  । मेडिकलसम्बन्धी अध्ययन गराउन नेपालमा पर्याप्त सिट छैन् । अर्काे कुरा, विदेशबाट अध्ययन गरेर आउने विद्यार्थीहरुलाई नेपाल मेडिकल काउन्सिलले परिक्षा लिँदा धेरै फेल हुने गरेका छन् । मुलुकको पैसा पनि बाहिर जाने, अध्ययनको गुणस्तर पनि कम हुने यो आफ्नो ठाउँमा छ । 

उहाँको पहिलो अनसनदेखि नै पक्ष–विपक्षहरु थिए । तर यो कुरा आउनु नआउनुमा मिडियाको धेरै हात हुँदोरैछ, डा. केसीको अनसनको विपक्षमा केही बोल्यो कि माफिया भनेर डामी हाल्ने । तर अहिले अत्ति भयो भनेर विपक्षमा एकजुट भएर लाग्न थालेका छन् । १६ औं अनसनदेखि डाक्टर, नर्स, कर्मचारी सबै डा. केसीको अनसन विरुद्ध आवाज उठाउन थालेका छन् ।

तर यहाँ के भयो भने नेपाली काँग्रेसकै सरकार हुँदा मेडिकल कलेज खोल भनेर मनसायपत्र दिइयो, मनसाय पत्र पाएपछि पूर्वाधारहरु तयार गर्ने काम सुरु भयो । जस्तो, मनमोहनले पनि पूर्वाधार तयार पा¥यो । राजधानी बाहिर बिएण्डसी मेडिकल कलेज सञ्चालनको लागि पूर्वधार तयार गरियो र अहिले संचालन गर्छौं भन्दा होइन चल्न दिन्न, बन्द गर्छु भन्छ डा. केसीले । यो डा. केसीले तोक्ने कि सरकारले तोक्ने हो ? 

उहाँलाई अनसन बस्न मन लाग्दा बस्दा हुन्छ तर कम्तिमा अस्पतालमा अनसन नबस्नुस् भन्ने हाम्रो माग हो । नागरिकको लगानी रहेको अस्पातलमा बस्ने, आईसियूका वेडहरु अकुपाई गर्ने, आईसियूका वेड हाम्रा बिरामीले नपाउँने अनि बिरामी मर्नुपर्ने यस्तो हुनु हुँदैन । 

१५ औ अनसनसम्म  डा. केसीको अनसनको समर्थनमा पक्ष विपक्ष कमै देखिएका थिए तर १६ औ अनसनसम्म आइपुग्दा चाहिँ पक्ष र विपक्षमा चिकित्सकहरु छुट्टिएका हुन् हो ?
उहाँको पहिलो अनसनदेखि नै पक्ष–विपक्षहरु थिए । तर यो कुरा आउनु नआउनुमा मिडियाको धेरै हात हुँदोरैछ, डा. केसीको अनसनको विपक्षमा केही बोल्यो कि माफिया भनेर डामी हाल्ने । तर अहिले अत्ति भयो भनेर विपक्षमा एकजुट भएर लाग्न थालेका छन् । १६ औं अनसनदेखि डाक्टर, नर्स, कर्मचारी सबै डा. केसीको अनसन विरुद्ध आवाज उठाउन थालेका छन् ।

स्वास्थ्य क्षेत्रलाई राजनितिरहित बनाउने नारा तय गर्नुभएको रहेछ । के तपाईको बिचारमा डा. केसीको १६ औं अनसन राजनीतिक मुद्दा बनेको हो ?
मान्छेको राजनीतिक आस्था हुनसक्छ, हामीलाई केही पनि आपत्ति छैन । जसले जेजे आस्था लिँदा पनि भयो । तर आफ्नो पेशामा राजनीतिक आस्था घुसाउनु हुँदैन । उहाँको पहिलो माग डिन फेर्ने थियो भने पछिल्लो हरेक अनसनमा माग फर्दे गएका छन् । पहिला आयोग बना भन्नुहुन्छ, आयोग बनाउन खोज्यो अब दिन्न भन्नुहुन्छ । मेडिकल विश्वविद्यालय चाहिन्छ भन्नुभयो, अहिले सरकारले बनाउन खोज्दा दिन्न भन्नुहुन्छ । मेडिकल कलेज अहिले ७ वटा प्रदेशमा बनाउने सरकारकै कार्यक्रम रहेको छ त । ७५ प्रतिशत र शत प्रतिशतमा स्वास्थ्य विषयमा अध्ययन गराउने कुरा सरकार आफैंले भन्दैछ । उहाँलाई यो कुरामा के आपत्ति भयो ? मेडिकल विश्वविद्यालय हुँदा के बिग्रियो ? चिकित्सक शिक्षा आयोग बनेर आयोगले सबै कुरा नियन्त्रण गर्दा के बिग्रियो त्यो उहाँको नै माग हो कि होइन, त्यो प्रस्टसँग भन्नुप¥यो । 

तपाईंहरुको आपत्ति डा. केसीले आफ्ना अनसनमा स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रका विषयलाई पनि जोड दिएको, १६ औ अनसनमा द्वन्द्वकालको मुद्दालाई पनि उठाएको, प्रधानमन्त्रीको राजिनामा माग्नु, चिकित्सक जस्तो सम्मानित पदमा भएको व्यक्तिले अपशब्द बोल्नु भन्ने पनि रह्यो हैन त ? 

मेकिडल क्षेत्रको मात्रै होइन, डा.केसीले जनयुद्धका कुराहरुलाई पनि उठाउनुभएको छ । जनयुद्धमा भएका घट्नाहरुलाई खोजीनीति गरेर कार्वाही गर्नुप¥यो भन्नुहुन्छ । जनयुद्धमा भएका कुरा मुलुक शान्ति प्रक्रियामा गएपछि अहिले चिकित्सासँग जोडेर उठाउनु मिल्छ ? 

नागरिकको हैसियतले चित्त नबुझेको कुरा राख्न पाइयो  । त्यो राख्दा हामीलाई केही पनि आपत्ति होईन । राजनीतिक एजेण्डा उठाउँनुस हामीलई त्यो पनि आपत्ति होइन । तर अस्पतालमा अनसन बस्ने सबै बिरामीको सेवा प्रभावित पार्ने, विद्यार्थीको पठनपाठन प्रभावित पार्ने, अस्पतालमा बस्ने अनि राजनीतिक मुद्दा उठाउने ? उहाँले स्वास्थ्यसम्बन्धी मुद्दाहरुसँगै राजनीतिक मुद्दा पनि उठाउने, जनयुद्धका सबैलाई कार्वाही गर, कार्वाही नगरेसम्म अनसन नतोड्ने भन्ने ? यस्तो कुरा त भएन नि । 

यो कुरा उहाँले सरासर ‘अनइथिकल’ बोल्नुभयो । देशमा कानुन छ भने यसैमा पनि उहाँलाई कार्वाही हुन सक्छ । प्रधानमन्त्रीलाई जाँचेको डाक्टर भनेको डा. दिब्या सिंह हो । औषधिको कारण यस्तो भएको छैन भनेर उहाँले भनिसक्नु भएको छ । डा. केसीले सरासर झुट बोल्नु भएको हो । 

त्यही कुरा उहाँले टिचिङ अस्पतालबाट राजिनामा दिएर, एउटा राजनीतिक पार्टीमा आबद्ध भएर वा नभइकनै पनि नागरिकको हैसियतले कुरा गर्नु, अस्पतालको सेवामा समस्या नल्याई सडकमा गएर भन्दा हामीलाई टाउको दुखाइ भएन । तर हामी सबैको पैसाले उहाँलाई आईसियुको वेडमा निःशुल्क राख्नुपर्ने, ज्वाइँलाई पोसे जस्तो गरेर ? यो कुरा हुन सक्दैन । अर्काे कुरा, उहाँले अस्पतालमा बसेर देशको प्रधामन्त्रीलाई माफिया भन्ने, भएजति सबै सभासदलाई माफिया, चोर डाँका हत्यारा भन्ने ? एउटा प्राध्यापक डाक्टर भएर डाक्टरले बोल्ने भाषा प्रयोग गर्नुप¥यो, अराजक बन्न पाइँदैन । हाम्रो आपत्ति त्यसमा पनि हो । 

चिकित्सक शिक्षा विधेयक संसदमा पेश भएको दिन सार्वजनिक गरेको प्रेश विज्ञप्तिमा ‘प्रधानमन्त्रीको निणर्य क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दुर्भाग्यपूर्ण भएको’ उल्लेख गरिएको थियो । तपाईं त चिकित्सक, के अङ्ग प्रत्यारोपण गरेको मान्छेमा मानसिक समस्या हुन्छ हो ?

यो कुरा उहाँले सरासर ‘अनइथिकल’ बोल्नुभयो । देशमा कानुन छ भने यसैमा पनि उहाँलाई कार्वाही हुन सक्छ । प्रधानमन्त्रीलाई जाँचेको डाक्टर भनेको डा. दिब्या सिंह हो । औषधिको कारण यस्तो भएको छैन भनेर उहाँले भनिसक्नु भएको छ । डा. केसीले सरासर झुट बोल्नु भएको हो । 

डा. केसीको कुराले अङग प्रत्यारोण गर्ने सबै नागरिकलाई असर पर्ने देखियो तर उहाँले भनेको कुरा सत्य होईन । अङ्गप्रत्यारोण गर्ने सबै नागरिकले निश्चिन्त भएर बसे हुन्छ सम्बन्धित चिकित्सकले सल्लाह दिनुहुन्छ तपाई.हरुलाई मानसिक समस्या हुँदैन । प्रत्यारोण गर्ने धेरै व्यक्तिले राम्रो काम गर्नु भएको छ । बरु डा. केसीको मानसिक स्थिति के छ हेर्नु पर्ने अवस्था आयो । जसलाई पनि गाली गर्ने, नराम्रो भन्ने, खोंचे थापेर जहिले अनसन बस्ने । अनसन भनेपछि हिरो बन्न पाइयो, काम गर्नुपरेन् । जे भन्यो त्यही हुनुपर्छ भन्ने उहाँको दादागिरी जस्तै भयो । त्यसकारण उहाँलाई चाहिँ मानसिक अस्पतालमा लगेर जचाउनु पर्ने हो कि भन्नेबारे हाम्रो सल्लाह भइरहेको छ । 

अस्पातलको बेडमा बसेर नानथरी बोल्दै त्यसरी उहाँले बस्न पाउनु हुन्न, उहाँलाई निकाल्नु पर्छ । म पनि नेपाल चिकित्सक संघका आजीवन सदस्य हो । मलगायत धेरै चिकित्सकले डा. केसीलाई हटाउन माग गर्नेछौँ ।

स्वास्थ्य मन्त्रालय, टिचिङ अस्पतालले पटक÷ पटक अस्पताल हाता भित्र अनसन नबस भन्दै आईरहेको छ तर उहाँ टेर्नुहुन्न । मुलुकको ऐन कानुनले उहाँलाई छँुदैन । उहाँले आफूलाई मुलुकको ऐन कानुनभन्दा माथि सम्झनुहुन्छ । प्रधानमन्त्रीलाई निकाल्ने, उहाँलाई चित्त नबुझेको सबै मान्छेलाई निकाल्ने भन्नुहुन्छ । यस्ता मागहरु राख्ने उहाँको पछि हामी कति लाग्ने ? बिरामी उपचार नपाएर रोएर हिँडेका छन् बाध्य भएर नीजिमा जानु परेको छ । त्यसैले डा. केसीको दादागिरी अहिले बन्द हुनुपर्छ “नो मोर अनसन इन टिचिङ हस्पीटल” । 

उहाँले कतै नर्सिङ होममा वा अन्यत्र अनसन बसे हुन्छ । तर सरकारी अस्पताललाई बन्धक बनाएर अस्पतालभित्र त्यसरी अनसन बस्न पाइँदैन । 

व्यक्तिगत रुपमा भन्दा अहिले केसीको नाममा राजनीति गर्ने कोशिश भइरहेको छ । डा. केसी अगाडी बढे आन्दोलन गर्न पाईन्छ भन्ने दाउँमा नेपाली काँग्रेस देखिन्छ । विवेकशील साझालाई पनि डा. केसीको सर्पाेट गर्ने बित्तिकै नागरिकले राम्रो भन्छ भन्ने लोभ छ । कहिलेकाहीँ डा.बाबुराम भट्टराई पनि मलजल गर्न पुग्नुहुन्थ्यो । अहिले हामी हेर्दैछौँ दमन नाथ ढुङगाना र पूर्व प्रधानन्यायाधीश सुशिला कार्की पनि उहाँलाई समर्थन गर्न पुगीराख्नु भएको छ । हिरो, हिरोईन भईन्छ भन्ने उहाँहरुलाई लागेको होला । उहाँहरुको बास्तविक रुप के हो भन्ने बारेमा नागरिकले बिस्तारै बुझ्दै छन् ।

अनसन पछि टिचिङ अस्पताललाई करौडौ करोडौको घाटा भएको छ । मान्छे उपचार नपाएर अकालमा मर्नुपरेको छ । रुँदै नीजि अस्पातलमा गएका छन् । उपचार गर्न  घरखेत गएको छ । अर्काे कुरा मानसिक रुपमा पनि पठन पाठनमा धेरै असर परेको छ । 

डा. केसीले ट्रयाक बिराउनु भएको हो त ? के गर्नुपथ्र्यो उहाँले ?

उहाँले उठाउन खाजेको कुराभन्दा पनि १० गुणा बढी राम्रो त सरकारले ल्याएको छ । उहाँको चिकित्सक शिक्षा राम्रो बनाउने कुरा हो भने सरकारले ल्याएको ठीक कुरा समर्थन गर्न सक्नु पर्छ । सरकारले त चित्त नबुझेको कुरामा छलफल गरौँ नै पनि भनेको थियो । विधेयक पारित गर्नूपूर्व छलफलमा बोलाउँदा उहाँ किन नजानु भएको ? बोलाउँदा नजाने अनि, खाली निहुँ खोज्ने र खोंचे थाप्ने काम मात्रै गर्नुहुन्छ उहाँ । 

चिकित्सकको आन्दोलनले टिचिङ र स्वास्थ्य क्षेत्रमा परेको प्रभावहरु के हुन् त ?  

अनसन पछि टिचिङ अस्पताललाई करौडौ करोडौको घाटा भएको छ । मान्छे उपचार नपाएर अकालमा मर्नुपरेको छ । रुँदै नीजि अस्पातलमा गएका छन् । उपचार गर्न  घरखेत गएको छ । अर्काे कुरा मानसिक रुपमा पनि पठन पाठनमा धेरै असर परेको छ । 

एउटा गम्भीर कुरा भनेको नेपाल चिकित्सक संघले मलजल गरेको कारणले उहाँले अनसन बस्नु भएको छ । चिकित्सक संघमा काँग्रेस निकटको मान्छेले केही मत जितेको छ । त्यहाँ अरु पक्ष पनि छन् । अहिले चिकित्सक संघले ‘देशभरको ओपिडी सेवा बन्द गरेर डा. केसीको जीवनरक्षाका लागि आउँ’ भनेर आव्हान गर्छ । देशभरिका डाक्टरहरुलाई बिरामी नजाँच भन्छ । यो कुराको हामी विरोध गर्छाै । यस्तै अमानवीय व्यवहार नेपाल चिकित्सक संघले गर्छ भने चिकित्सक संघका अध्यक्ष लगायतले राजिनामा दिनु पर्छ । सरकारले यस्ता संस्थाहरुलाई खारेज गर्नुपर्छ । किनभने डा. गोविन्द केसीको जस्तो ज्यान हो, अर्काे नागरिकको पनि त्यस्तै ज्यान हो । डा. केसीले आफैले अनसन बस्नु भएको हो, हामीले बस भनेको होइन । उहाँको इच्छाअनुसार अनसन बस्ने अनि नेपाल चिकित्सक संघले चाहिँ देशभरका डाक्टरलाई बिरामी नजाँच भनेर अपील गर्ने ? 

यस्तै अर्काे कुरा अहिलेका राजनीतिक एजेण्डालाई नेपाल चिकित्सक संघले सर्पाेट गरेको छ । जनयुद्धका कुरा, निर्मला पन्तको हत्यारालाई पक्राउ गर भनेको छ । हो, हामी सबैले चाहान्छौँ निर्मला पन्तका हत्यारालाई पक्राउ गरिनुपर्छ । त्यो कुरा हाम्रो पनि माग हो तर निर्मला पन्तको हत्या, जनयुद्धका कुराहरु चिकित्सासँग जोडिएको माग होइन । त्यसकारण राजनीतिक एजेण्डाहरु चिकित्सक संघले बोक्छ र अनसनमा उकास्छ भने घोर बिरोध गर्दै चिकित्सक संघको खारेजीको माग गर्दछौँ ।

सामान्य अवस्थामा पनि सरकारी अस्पतालमा कार्यरत डाक्टरले बिरामीलाई निजीमा डाक्ने गरेको आरोप सुनिन्थ्यो । झन अहिले सरकारी अस्पतालमै आन्दोलनको नाममा बिरामी जाँच्ने काम बन्द हुन थालेपछि त निजी अस्पतालहरुलाई दशैं आए सरह हो भन्न थालिएको छ नि ?

सरकारी अस्पतालमा आएका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजीमा बोलाउने गरेको बिरामीहरुको गुनासो आइरहेको छ । यसरी सरकारी अस्पतालमा आन्दोलन हुँदा बिरामी झन निजीमा जान बाध्य हुन्छन् । अहिले निजी अस्पताललाई दशैँ आए सरह भएको छ । ओपिडीमा बिरामी नजाँच्नु भनेर चिकित्सक संघले पनि भनिरहेको छ । झन के न्यूउ पाउँ भन्ने भएको चिकित्सकलाई सजिलो हुने भयो नि ।

सरकारी अस्पतालमा सस्तोमा उपचार नहुने स्थिति पैदा भएपछि घरखेत बेचेर भए पनि निजीमा उपचार गर्न बाध्य हुन्छन् । डाक्टरलाई घाटा छैन । बिरामी, मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थी र समग्रमा भन्नु पर्दा राष्ट्रलाई चाहिँ घाटा हुन्छ । त्यस्तो गर्नु भएन । डाक्टरलाई सरकारी अस्पतालमा जाँच्न पाउनु हुन्न भनिन्छ भने निजीमा पनि जाँच्न पाउनु हुन्न भनेर नागरिकले चिकित्सकलाई भन्न सक्नुप¥यो । 

अर्काे कुरा, एलोपेथिक सिस्टमको बिकास भएको ढेड सय वर्ष भयो । त्योभन्दा अगाडि पनि मान्छे बाँचेका थिए । अहिले पनि हामीसँग आयुर्वेद, होमियोप्याथिक लगायत चिकित्सका अन्य विधाहरु छन् । एलोपेथिक डाक्टरले धेरै बेवास्ता ग¥यो भने हामीलाई जाँचेर डाक्टर हुने र सेवा गर्ने बेलामा आन्दोलन गर्ने, नजाँच्ने भनेर नागरिकहरु पनि उठ्न जरुरी छ । 

अन्तमा, तपाईहरुको दबाब स्वरुपको आन्दोलनको तात्पर्य के हो ? अनसन बस्ने डा.केसी र रिले अनसन बस्ने चिकित्सकहरु हट्नु भएन भने के हुन्छ ?

उहाँहरु हट्नु नै पर्छ । अस्पतालले नबस भन्दा भन्दै पनि उहाँहरु मान्नु भएन भने सरकारले हटाउनु पर्छ । बिरामी नजाँच्ने, अस्पतालमा अनसन बस्ने राजनिति गर्ने हो भने किन डाक्टर बन्ने ? 

उहाँहरुले बिरामी नजाँच्ने हो, आन्दोलन मात्रै गरिबस्ने हो भने सरकारले जागिरबाट निकाल्नु पर्छ । सरकारी कर्मचारी भएपछि काममा नआउने हो भने बिदा लिनुपर्छ । गज्जब त के छ भने अनसन बस्ने डा. केसीले कहिले पनि बिदा लिनुहुन्न । तलब खानुहुन्छ, बिदा लिने चलन छैन । नियमानुसार, कुनै पनि सरकारी कर्मचारी बिदा बस्नुभन्दा पहिलानै बिदा स्वीकृत गराउनुपर्छ तर उहाँबाट यो काम भएको छैन । आफूले सम्हाल्ने विभागको आफ्नो अनुपस्थितमा कसलाई जिम्मा दिने भन्ने कुरामा उहाँले कुनै पनि छलफल गर्नुहुन्न । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप