शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन एसपीको सरुवा, खनाल पुगे धनुषा

बुधबार, १६ माघ २०७५, १४ : ५३
बुधबार, १६ माघ २०७५

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको सहमतिमा तीन जना प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा गरेको छ ।

धनुषा जिल्ला प्रहरी कार्यालयमा ललितपुरमा रहेका प्रहरी उपरिक्षक शेखर खनाललाई सरुवा गरिएको छ ।

त्यस्तै, धादिङ जिल्ला प्रहरी कार्यालयमा राजकुमार वैदवारलाई सरुवा गरिएको छ भने सिन्धुलीमा चक्रबहादुर सिंहलाई लगिएको छ ।

यसअघिका सिन्धुलीका एसपी रामेश्वर यादव विभिन्न विवादमा तानिएका थिए । उनी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

धनुषाका एसपी गोविन्द थपलियालाई ललितपुरमा ल्याइएको छ भने धादिङका एसपी डम्बर बिक महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा तानिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप