पारिश्रमिक पाउने भएपछि काममा फर्किए मलेसियामा हडतालरत नेपाली कामदार
काठमाडौँ — मलेसियामा कार्यरत करिब २ हजार नेपाली कामदार काममा फर्कन सहमत भएका छन् । मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपाली कामदार तीन महिनादेखि तलब नपाएपछि हडताल बसेका थिए ।
सोमबारदेखि हडतालमा बसेका कामदारहरु सबै पारिश्रमिक पाउने भएपछि बुधबारबाट काममा फर्किएका हुन् । नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको निगरानीमा आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम पारिश्रमिक र ओभरटाइमबापतको सबै पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले सोमबार नै श्रमिकको खातामा नोभेम्बरसम्मको तलब हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ ।
कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार