शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण अमेरिकाले आइफोनको उत्पादन चीन सारेको थियो

मङ्गलबार, १५ माघ २०७५, २० : ४९
मङ्गलबार, १५ माघ २०७५

एजेन्सी । बोइङजस्तो ठूला विमान बनाउने अमेरिकाले आइफोन र म्याक कम्प्युटरहरुको हिस्सा आफ्नो देशमा बनाउन सकेन । यसको कारण थियो, यसको लागि आवश्यक स्रोतहरु अमेरिकामा नहुुनु । 

अमेरिकाको टेक्सासजस्तो प्रान्तमा पेचकिला नपाइएपछि एप्पलले बाध्य भएर सन् २०१२ मा आफ्नो आइफोन र म्याक कम्प्युटर बनाउने संयन्त्र चीन सा¥यो । 

सुरुमा अमेरिकामा नै बन्ने आइफोन स्क्रूको कमीको कारण कयैन महिनासम्म बजारमा पुग्न सकेको थिएन । भविष्यमा पनि त्यस्तो अवस्था आउन नदिनको लागि उसको नजर भारत र भियतनामजस्ता देशहरुमा छ । 

तर आइफोनको उत्पादन अमेरिकामा नगरेर चीनमा गर्नुको कारण यो मात्र भने थिएन । 

दक्ष व्यक्तिको उच्च संख्या, उच्च श्रम लागत
अमेरिकामा दक्ष व्यक्तिहरुको अभाव, उच्च श्रम लागत र ठूलो स्तरमा आवश्यक पार्टपुर्जामा प्रयोग हुने सामाग्रीहरु नजिकै नपाइनु पनि आइफोनको उत्पादन चीनमा सारिनु कारण थियो । 

अमेरिकामा चीनको तुलनामा दक्ष मानिसहरुको भारी कमि रहेको छ । यसलाई मध्यनजर गर्दै एप्पलले आफ्ना उपकरणको उत्पादन चीनमा नै गराएको थियो । यसको लागि नर्वे र फिलिपिन्समा बनाइएका केही हिस्साहरु पनि चीनमा नै पठाइन्छ । 

एप्पलका सीइओ टीम कुकको भनाईमा चीनमा उनको कम्पनीलाई श्रम लागत पनि सस्तो पर्छ । 

एप्पलले चीनमा आइफोन र आफ्ना म्याक कम्प्युटर बनाउनको लागि ठूलो उद्योग खोलेको छ । त्यहाँ हजारौं मानिसहरुले रोजगारी पाएका छन् । यी संयन्त्र सबैमा खर्च वापत एप्पलले सन् २०१७ मा मात्रै चीनमा

लगभग १८,०० खर्ब रुपैया चीनमा खनायो । 

चीनको अर्थतन्त्र सुस्त हुदाँ एप्पलको बिक्रीमा गिरावट
एप्पलको भनाई अनुसार पछिल्लो समय चीनमा आइफोनको मागमा गिरावट आइरहेको छ । यहाँ एप्पलको कुल ४० लाख स्टोर्स छन् । चीन एप्पलको तेस्रो ठूलो बजार हो । 

यो वित्तिय बर्ष कम्पनीको बिक्रीले चीनमा कुल ५९२ खर्ब रुपैयाँको तथ्याकं छोएको थियो । यसमा धेरै हिस्सा आइफोनको बिक्रीको आय रहेको छ ।

सन् २०१८ को दोस्रो हिस्सामा चीनको अर्थव्यवस्थामा ३० वर्ष यताकै सुस्तता छाएपछि एप्पलको रिटेल स्टोर र च्यानल पार्टनर्सहरुलाई पनि झट्का लागेको छ । 

चीनमा आइफोनको बिक्रीमा आएको गिरावटको कारण एप्पलले सन् २०१९ को पहिलो चतुथासंको आय अनुमानमा कटौती गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप