बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चाटर्ड एकाउन्टेनले वार्षिकोत्सव मनाउने

मङ्गलबार, १५ माघ २०७५, १८ : ४१
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन संस्थाले आफ्नो २२औँ वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।

संस्थाले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २२ औँ वार्षिकोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया छलफल गरेर मनाउने भएको छ । संस्थाले अहिले चर्चामा रहेको Blockchain र वित्तिय बजारबारे अन्तरक्रिया गर्ने पनि बताएको छ । 

यसका साथै लेखा परिक्षणमा गुणस्तरीयता,संस्थागत सुशासनको लागि लेखापालहरुको भूमिका र बैंक, बित्तिय संस्था तथा बीमा क्षेत्रमा लागु गरिएका ब्यबस्थाका बारेमा पनि छलफल गरिने नेपाल चाटर्ड एकाउन्टेन संस्थाले जानकारी दिएको छ । 

यस संस्थामा १३३७ चाटर्ड एकाउन्टेन, ७२५९ दर्तावाल लेखा परीक्षक आबद्ध छन् भने संस्थाले संचालन गरेको Institute of Chartered Accountants of Nepal मा विभिन्न तहमा करिब १४००० बिद्यार्थी अध्ययन गरिरहेका छन् । 

उद्घाटन शत्रको विशेष समयमा अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप