बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरबाट जनसंवाद यात्रा शुरु गर्दै भट्टराईले भने,  ‘जनताको ऐनामा हाम्रो अनुहार कस्तो देखिन्छ भनेर हेर्ने छौँ’

मङ्गलबार, १५ माघ २०७५, १७ : ४८
मङ्गलबार, १५ माघ २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनताको ऐनामा हाम्रो अनुहार कस्तो देखिन्छ भनेर हेर्न आएको बताएका छन् ।

पाँचथरको चिवाभञ्ज्याङमा एक महिने जनसंवाद यात्रा सुरु गर्दै उनले आफैं रुपान्तरण हुने अभियानको सुरुवात गरेको बताए । ‘नयाँ शक्तिले मध्यपहाडी लोकमार्गमा सुरु गरेको राष्ट्र जनसंवाद अभियान राष्ट्र जोड्ने अभियान हो, समृद्धिको अभियान पनि हो,’ उनले भने, ‘यो हामी आफैं पनि जनताबाट सिक्दै रुपान्तरण हुने अभियान हो ।’ 

उनले नागरिकलाई निर्मम भएर सल्लाह, सुझाव र आलोचना गर्न आग्रह गरे । नेपालमा राजनीतिक शुद्धिकरण बिना समृद्धि सम्भव नभएको उनको निष्कर्ष थियो । ‘विकास र समृद्धिको लागि राजनीति असल हुनुपर्छ, यसको लागि नेपालमा राजनीतिको शुद्धीकरण हुन आवश्यक छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

विद्यमान अन्तरविरोधको पहिचान गर्न जनसंवाद यात्रा’

व्यवस्था फेर्ने आन्दोलनमा सहभागी भएर संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्नेक्रममा नेपाली नेताहरुले लामो संघर्ष, जेलनेल र बलिदानीसम्म व्यहोरेको उनले स्मरण गरे । लामो संघर्षबाट आएका नेताहरु पनि सत्ताको वरिपरि लुटुपुट हुनु दुःखद भएको अनुभति उनले सुनाए ।

‘क्रान्तिको रापताप सेलाएपछि नेताहरुमा पनि पशुवत र दानवी गुण मुखर हुँदो रहेछ,’ उनले भन्नुभयो, ‘गुलियोमा झिंगा लत्पिएजस्तो नेताहरु सत्ताको वरिपरि लुटुपुटिएको देख्दा दुःख लाग्छ ।’ 

देशमा ठूला-ठूला काण्डहरु घटेको भन्दै 'क्रान्तिबाट आएका नेताहरु कतै जनताकै विरुद्ध त गइरहेका छैनन् ?,’ भन्दै उनले प्रश्न गरे । 

विकासको रकम केही नेताहरुले दुरुपयोग त गरिरहेका छैन्न् भन्ने जनतामा भएको आशंकालाई दलका नेताहरुले स्पष्ट पार्नुपर्नेमा उनको जोड थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप