शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ माघ २२ देखि बिक्री खुला हुने, कति कित्तासम्म पाइन्छ भर्न ?

मङ्गलबार, १५ माघ २०७५, १२ : २०
मङ्गलबार, १५ माघ २०७५

काठमाडौं–ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ माघ २२ गतेदेखि बिक्री खुला हुने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १८ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो । आवेदन फागुन ७ गतेसम्मका लागि खुला रहनेछ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने फागुन २७ गतेसम्म आवेदन समय थप हुनेछ ।

कम्पनीले प्रभावित क्षेत्रको सेयरको लागि तीन वर्षको लकिङ पिरियड तोकेको छ ।  यो भनेको सेयर बाँडफाँट पछि तीनवर्षसम्म सो सेयर लगानीकर्ताले बिक्रि गर्न पाउने छैनन् । 

यस आइपिओको लागि हाइड्रोपावरको आयोजनास्थल, सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु ( सिंगटी, चरिकोट, जिरी, बैतेश्वर)बाट आवेदन दिन सकिनेछ । न्युनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । 

कम्पनीले दोलखामा ४० मेगावाट क्षमताको खानीखोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप