बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोंगद्वारा डिजाइनर कपडा सार्वजनिक, भोक लाग्दा खान पनि सकिने

मङ्गलबार, १५ माघ २०७५, ११ : ५५
मङ्गलबार, १५ माघ २०७५

उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नो फेशन उत्पादन सार्वजनिक गरेका छन् । लामो समयसम्म भोकमरीसँग जुधिरहेको आफ्नो देशमा किमले यस्तो डिजाइनर पहिरन सार्वजनिक गरेका छन् जुन स्विमिङ, हाइकिङ र एड्भेन्चर रुचाउनेका लागि निकै सहयोगी हुनसक्छ । 

डेली मेलका अनुसार यी कपडा निकै विशेष छन् । यसलाई भोक लागेको खण्डमा खान पनि सकिन्छ । किम क्लोदिङ रिसर्च सेन्टरमा बनेका यी कपडलाई फ्लेनलेट फेब्रिकले बनाइएको छ । यो फेब्रिक प्रोटिन, एमिनो एसिड, फ्रुट जुस, म्याग्नेसियम, आइरन र क्याल्सियमले बनेको छ ।

पुरुषका लागि डिजाइन गरिएको ज्याकेट, महिलाका लागि डिजाइन गरिएका गुची ब्रान्डजस्तै देखिने ब्याग खान मिल्छ । 

कपडाको क्याटलग पनि राम्रो तरिकाले डिजाइन गरिएको छ । यसमा किमद्वारा लञ्च गरिएको कपडालाई स्मार्ट क्लोदिङ बताइएको छ । कपडामा राखिएको इन्टेलिजेन्ट स्लिभ (बाहुला)ले मानव शरिरको स्वास्थ्यबारे जानकारी दिने उक्त क्याटलगमा बताइएको छ । साथै, भोकमरीको अवस्थामा यसलाई खाएर ज्यानसमेत बचाउन सकिन्छ ।

क्याटलगमा स्मार्टफोन चलाइरहेका मोडल र ब्याग बोकिरहेका पुरुष मोडल देखाइएका छन् ।

एलेक सिग्ले, उत्तर कोरियामा तन्गिल टुर चलाउनेले द मिररलाई भने, ‘केटाहरुको ब्याग प्योंगयांगमा ट्रेन्डसमेत भइरहेको छ ।’

महिलाको क्याटलगबारे उनले भने, ‘केही फेसन निकै पुराना छन् । मेरा चीनियाँ साथीले यी फेसन चीनमा ९० को दशकमा अपनाउने गरेको बताए ।’

‘तर उत्तर कोरियाका लागि भने यो निकै आधुनिक फेसन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप