बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कप्तान पारस ‘म्यान अफ द म्याच’सँगै भए  ‘प्लेयर अफ द सिरिज’

सोमबार, १४ माघ २०७५, २० : २१
सोमबार, १४ माघ २०७५

युएई । कप्तान पारस खड्का युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको ‘म्यान अफ द म्याच’सँगै ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा सोमबार 
युएईविरुद्ध अन्तिम तथा तेस्रो (ओडीआई) मा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गर्दै नेपालको जित सुनिश्चित गराएका थिए ।

उनी तीन खेलको सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बने । कप्तान पारसले तीन खेलको सिरिजमा कुल १५६ जोडेका थिए ।

उनी खेलको म्यान अफ द म्याच घोषित भए । सोमबार आईसीसी एकेडेमी मैदानमा पारसले १ सय ९ बलमा १ सय १५ रन प्रहार गर्दै नेपाललाई २ सय ५५ रनको फराकिलो लक्ष्य पार गर्न सहज बनाए ।

उनले गत शुक्रवार भएको पहिलो खेलमा २० रन बनाएका थिए । यसैगरि शनिबार भएको दोस्रो सिरिजमा २१ रन बनाएका थिए भने आज भएकोअन्तिम खेलमा शतक प्रहार गर्दै  ११५ रन बनाएका थिए ।

बलिङतर्फ पनि  उनले चार विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप