कप्तान पारस ‘म्यान अफ द म्याच’सँगै भए ‘प्लेयर अफ द सिरिज’
युएई । कप्तान पारस खड्का युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको ‘म्यान अफ द म्याच’सँगै ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।
दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा सोमबार
युएईविरुद्ध अन्तिम तथा तेस्रो (ओडीआई) मा नेपाललाई ४ विकेटको जित दिलाउन कप्तान पारसले शतक प्रहार गर्दै नेपालको जित सुनिश्चित गराएका थिए ।
उनी तीन खेलको सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बने । कप्तान पारसले तीन खेलको सिरिजमा कुल १५६ जोडेका थिए ।
उनी खेलको म्यान अफ द म्याच घोषित भए । सोमबार आईसीसी एकेडेमी मैदानमा पारसले १ सय ९ बलमा १ सय १५ रन प्रहार गर्दै नेपाललाई २ सय ५५ रनको फराकिलो लक्ष्य पार गर्न सहज बनाए ।
उनले गत शुक्रवार भएको पहिलो खेलमा २० रन बनाएका थिए । यसैगरि शनिबार भएको दोस्रो सिरिजमा २१ रन बनाएका थिए भने आज भएकोअन्तिम खेलमा शतक प्रहार गर्दै ११५ रन बनाएका थिए ।
बलिङतर्फ पनि उनले चार विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु