शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुधको तर जाडोयाममा छालाका लागि वरदान, हट्नेछन् यी पाँच समस्या

सोमबार, १४ माघ २०७५, १३ : ३७
सोमबार, १४ माघ २०७५

यदि तपाईं सुन्दर, निखारिएको छाला चाहनुहुन्छ भने दुधको तरले तपाईलाईं निकै फाइदा पुर्याउँछ । जाडोयाममा छाला रुखो हुने, दाग धब्बालगायतका समस्या देखापर्छ । तर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर धेरै फ्याट हुने भएकाले धेरै मानिसहरु यो खाँदैनन् । तर छालाको समस्याका लागि तपाईंले तर खाने होइन, लगाउने गर्नुपर्छ ।

छालाको लागि सबैभन्दा राम्रो मोइस्चुराइजरः

तर तपाईंको छालाका लागि सबैभन्दा राम्रो मोइस्चुराइजर मानिन्छ । केही मिनेटसम्म अनुहारमा तरले मसाज गर्दा छालाको ‘ड्यामेज टिश्यु’ रिपेयर हुन्छ जसका कारण छाला स्वस्थ हुन्छ ।

तरले छालाको सबै दाग धब्बा हटाउँछः

यदि तपाईंको छालामा दागधब्बा धेरै छन् भने बेसनले छाला सफा गरेपछि तर र कागती लगाउनुहोस् । त्यसपछि अनुहारलाई हल्का मनतातो पानीले धुनुहोस् । राती सुत्नुअघि यसो गर्दा बिहान उठ्दा तपाईंले यसको असर देख्नुहुनेछ । तर म भिटामिन इ र ल्याक्टिक एसिड हुन्छ जसले छालामा निखार ल्याउँछ । यस्तै, कागतीमा पाइने भिटामिन सीले छालाको रङ सफा हुनुका साथै दाग धब्बा हल्का हुनथाल्छ ।

चाउरीपन कम गर्छः

आँखा र अनुहारमा पर्ने चाउरीलाई कम गर्न निकै सहयोग गर्छ । राती दुधको ताजा तरमा थोरै आँटा मिसाएर अनुहारमा लेप जसरी लगाउनुहोस् । लगाएको १५ मिनेटपछि चिसो हातले अनुहारमा मज्जाले रगड्नुहोस् र सबै आँटा रगडेर नै हटाउनुहोस् । त्यसपछि अनुहारलाई चिसो पानीले धुनुहोस् ।

अनुहार चम्किलो बनाउन तरको फेसप्याकः

तरमा बेसन, मुल्तानी माटो, सुन्तलाको बोक्राको पाउडर र स्याउलाई पिसेर एउटा पेष्ट बनाउनुहोस् । यसलाई अनुहार र हात–खुट्टामा लगाउनुहोस् । यसले छाला सफा र नरम हुन्छ । अनुहार तथा कुहिनोमा लगाउँदा छालाको रङमा निखार आउँछ । चाउरी र छालाको दाग धब्बा हट्दै जान्छ । साथै, छाला फुट्ने जस्ता समस्या पनि हुँदैनन् । तरले छालाको रुखोपनलाई हटाउँदै स्वभाविक कोमलता प्रदान गर्छ ।

छालालाई जवान बनाइराख्न तरः

दैनिक रुपमा अनुहारमा तर लगाउँदा छाला लामो समयसम्म जवान रहिरहन्छ । तरमा भएको प्रोटिन र भिटामिनले छालामा कोलेजनको उत्पादन बढाउँछ जसले छालालाई जवान बनाइराख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप