शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तनावग्रस्त विराटचोक : टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि निषेधाज्ञा जारी

सोमबार, १४ माघ २०७५, १२ : ५९
सोमबार, १४ माघ २०७५

मोरङ– टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको ज्यान गएपछि विराटनगर (विराट चोक) क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार बिहान विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आगजनी र तोडफोड गरेका हुन् ।

बाटो काट्दै गरेकी बालिका ढकाललाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । ठक्कर पछि भाग्न खोज्दा उक्त टिपर बेलेपुर चोकमा रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको टिपरलाई स्थानीयले आगो लगाउनुका साथै आधा दर्जन टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । ११ बजेबाट जारी निषेधाज्ञा अर्को आदेश नभएसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् ।

उक्त क्षेत्रमा स्थानीय प्रशासनले व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रजिअ केसीका अनुसार विराटचोकबाट दक्षिण बेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे चोकसम्म निषेधाज्ञा लागू गरिएको छ । तर, स्थानीयले निषेधाज्ञाको अवज्ञा गरेर प्रदर्शन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप