शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ऋण पाउन युवतीले बैंक म्यानेजरको अगाडि खोलिन् कपडा (भिडियो)

सोमबार, १४ माघ २०७५, ११ : ४९
सोमबार, १४ माघ २०७५

रसियाको काजानस्थित एक बैंकले ऋण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन अचम्मको तरिका अपनाएकी छिन् ।

अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारेज गरिदियो । ऋण प्रबन्धक (लोन म्यानेजर) सँग अनुनय बिन्ती गरेपछि आफूले ऋण नपाउने पक्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् ।

रसियाको सोसल मिडिया साइट कोन्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अस्विकार भएपछि उनी जुरुक्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई केही भनिरहेको पनि देख्न सकिन्छ । ती ऋण प्रबन्धक भने टाउको हल्लाउँदै अस्विकार गरिरहेका छन् ।

अन्त्यमा ब्रामा मात्रै देखिएकी कुज्मिनाले त्यो पनि खोल्छिन् । यति भइसक्दा पनि म्यानेजरले अस्विकार गरिरहे । त्यसपछि ती म्यानेजर आफ्नो डेस्कबाट उठ्छन्, नग्न ग्राहकको अगाडि जान्छन्  उनको कोट जिम्मा लगाइदिन्छन् । त्यसपछि उनले ती ग्राहकलाई बैंक बाहिर जाने बाटो देखाइदिन्छन् ।

डेली मेलको रिपोर्ट अनुसार जब उनको भिडियो अनलाइनमा भाइरल भयो तब कुजमिनाले पत्रकारलाई भनिन्, ‘म निकै समस्यामा छु । जसले मेरो आलोचना गरिरहेका छन् उनीहरुलाई मेरो ठाउँमा बसेर सोचिदिन आग्रह गर्छु ।’

केही स्रोतले युलिया स्ट्रिपरको काम गर्ने दाबी गरेका छन् तर यसबारे पुष्टि हुन बाँकी छ । एउटा कुरा पक्का छ कि उनले ऋण पाइनन् ।

बैंक म्यानेजरको यस्तो क्रियाकलाप देखेर कतिले उनलाई ‘बोरिङ’ र ‘गे’ भने । यहाँ याद गर्नुपर्ने कुरा के छ भने, यो बैंक हो, जहाँ जताततै क्यामरा लगाइएका हुन्छन् । यी म्यानेजरले ‘स्मार्ट’ तरिकाले घटनाको सामना गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप