शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जमराको जुस : खाने कसरी, फाइदा गर्छ के ?

भिटामिन र खनिजतत्त्वहरुको भण्डार हो जमराको जुस : मिलाएर खान जाने फाइदा पनि गर्छ
सोमबार, १४ माघ २०७५, ०९ : ५८
सोमबार, १४ माघ २०७५

हरेक सिक्काका दुई पाटाहरु हुन्छन्ः यो नेपालमा आम रुपमा प्रचलित भनाइ हो । जमराको जुसको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । रातोपाटीमा केही दिनअघि हामीले जमराको जुसको बारेमा एक सामग्री प्रकाशित गरेका थियौं, जसमा आम मानिसमा बढ्दो जमराको जुस सेवनको प्रचलन तथा त्यस सेवनले कलेजोका रोगीहरुमा नकारात्मक असरबारे विशेषज्ञ चिकित्सक प्रा.डा. सुधाम्सु केसीका विचारहरु प्रकाशित गरेका थियौं ।

निश्चय पनि, रोगको उपचारको सन्दर्भमा जमराको जुसको सेवनले गर्ने फाइदा बेफाइदाबारे विशेषज्ञ चिकित्सकले भनेको कुरा सुन्नैपर्छ । त्यो उहाँहरुको दक्षता र अनुभव क्षेत्रको कुरा हो । यस अर्थमा जमराले कलेजोको रोगीलाई फाइदा गर्दैन भन्ने उहाँको चेतावनीलाई कदापि वेवास्ता गर्न मिल्दैन । तर यसको अर्थ यो पनि होइन कि जमराको जुसले कुनै फाइदा चाहिँ गर्दै गर्दैन । विश्वमा जमराका बारेमा धेरै खोजअनुसन्धानहरु भएका छन्, त्यसमा पाइने फाइदाजनक तत्त्वहरुका बारेमा धरै विमर्शहरु पनि भएका छन् । हामीले विभिन्न स्रोतहरुबाट संकलन गरेका जमराका जुसका फाइदाजनक पक्षहरुबारेमा पाठकहरुसमक्ष केही जानकारी प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

तर ख्याल गर्नै पर्ने कुरा के हो भने, यो अध्ययन अनुसन्धानहरुले देखाएको तथ्य मात्रै हो, यसले कुनै खास अमूक रोगमा फाइदा वा औषधिकै रुपमा काम गर्छ भन्ने अर्थमा यसलाई बुझ्नु चाहिँ गलत नै हुनेछ । त्यसैले, यसलाई पोषक खाद्यतत्त्वको रुपमा आम रुपमा ग्रहण त गर्न सकिन्छ, तर कुनै पनि रोगको उपचार वा औषधिकै रुपमा यसलाई प्रयोग गर्नुपूर्व चाहिँ आफ्ना चिकित्सक वा उपचार गरिरहेका डाक्टरसँग अनिवार्य रुपमा यसको सेवनका बारेमा राय सल्लाह लिन हुन हामी अनुरोध गर्दछौं ।

यति भनिसकेपछि आउनुहोस्, हामी जमराको जुसमा पाइने उपयोगी तत्त्वहरु तथा तिनले गर्ने फाइदाका बारेमा चर्चा गरौं । स्मरण रहोस्, जमरा विभिन्न अन्नहरुबाट बनाउन सकिन्छ । तर यहाँ हामीले चर्चा गरेको जमरा चाहिँ अन्यथा उल्लेख भएबाहेक गहुँको जमराको जुस हो भन्ने अर्थमा बुझ्नु उचित हुनेछ ।

भिटामिन

जमराको जुसमा उच्च मात्रामा भिटामिन ए,ई र बि रहेको हुन्छ । यसमा खनिज साथै विभिन्न तत्वहरु पनि समाबेश भएका हुन्छन् । जस्तै : क्याल्सियम, फोस्पोरस, सोडियम, पोटासियम, म्याग्नेसियम, आयरन र जिङ्क । 

एमिनो एसिड

जमराको जुसमा महत्वपूर्ण आठ एमिनो एसिडका साथै बाह्र एमिनो एसिड पनि पाइन्छ । जस्तैः फेनिलालाइनाइल, वेलिन, थ्रेओनाइन, ट्रायप्टोफान, आइसोल्यूसीन, मेथियोनीन, ल्यूसीन र लाइसीन आदि । ती महत्वपूर्ण एमिनो एसिडहरु जसलाई हाम्रो शरीरले बनाउन  सक्दैन तिनिहरुलाई कुनै आहारको माध्यमबाट प्राप्त  गर्न सकिन्छ ।

स्वपाचन खाना

जमराको जुसलाई स्वपाचन खाना मानिन्छ । यसमा रहेको प्रोटिनलाई तोड्नको लागि कुनै इन्जाइमको आवश्यकता पर्दैन । जमराको जुसमा एमिनो एसिड र ग्लुकोज दुवै हुन्छन् । त्यसैले यो शरीरमा सजिलै समाहित हुन्छ ।

क्लोरोफिल

जमराको जुस क्लोरोफिलले भरिपूर्ण हुन्छ । क्लोरोफिलमा मानिसको रगतमा भएको हेमोग्लोविन अणुको लगभग समान आणविक संरचना हुन्छ । जमराको जुसमा भएको क्लोरोफिलले रगतलाई सबै कोशिकामा अक्सिजन पुर्याउन मद्दत गर्दछ ।

क्लोरोफिलले कलेजो, सिरा र कोशिकाको साथसाथै रगतलाई पनि शुद्ध गराउँछ । जमराको जुसले लीड, पारो, एल्मुनियममा हुने विषाक्त तत्वहरुलाई हटाउन मद्दत गर्दछ जो शरीरको नसाहरुमा सङ्ग्रहित हुन्छन् । पेटमा असर गर्ने तत्वहरुलाई हटाएर जमराको जुसले असर कम गर्न सहायता गर्दछ । यसले शरीरको प्राकृतिक स्वउपचार प्रक्रियामा सहायता गर्ने कारण सङ्क्रमण विरुद्ध लड्न पनि मद्दत गर्दछ ।

 

जमराको जुसमा रहेको पोषक तत्वको विश्लेषण

‘ह्युटग्रास न्युट्रिस्नल एनालाइसिस रिपोर्ट वाई  द अप्टिमम हेल्थ इन्सिच्युट अफ सान डियोगोे’ का अनुसार जमराको जुसमा निम्नानुसार पोषक तत्त्वहरु पाइन्छन्ः

मुल पोषक तत्व

जमराको जुसमा क्यालोरी २१.०, पानी ९५ ग्राम, चिल्लो ०.०६ ग्राम, कार्बाेहाइडेट २.० ग्राम, डायटरी फाइबर ०.१ ग्राम, क्लोरोफिल ४२.२ माइक्रोग्राम, कोलाइन ९२.४ माइक्रोग्राम, ग्लुकोज ०.८० ग्राम पाइन्छ ।

खनिज तत्व

आइरन ०.६१ मिलिग्राम, म्याग्नेसियम २४ मिलिग्राम, पोटासियम १४७ मिलिग्राम, फस्पोरस ७२.२ मिलिग्राम, जिङ्क ०.३३ मिलिग्राम, क्याल्सियम २४.२ मिलिग्राम, सोडियम ३०.३ मिलिग्राम, सेलेनियम १ पिपिएम भन्दा कम पाइन्छ ।

भिटामिन

जमराको जुसमा विभिन्न भिटामिनहरु पाइन्छन् । जस्तै : भिटामिन सि ३.६४ मिलिग्राम, भिटामिन ए ४२७ आइ यु, भिटामिन बि वन ०.०८ मिलिग्राम, भिटामिन बि टु ०.१३ मिलिग्राम, भिटामिन बि थ्रि ०.११ मिलिग्राम, भिटामिन बि फाइभ ६.० मिलिग्राम, भिटामिन बि सिक्स ०.२ मिलिग्राम, भिटामिन बि टुवेल १ माइक्रोग्राम भन्दा कम, भिटामिन ई १५.२ आइ यु, फोलिक एसिड २९ माइक्रोग्राम पाइन्छ ।

 

यसरी गर्न सकिन्छ जमराको जुसको प्रयोग

जमराको जुस पिउनाले तपाईको शरीरमा धेरै फाइदा हुने गर्छ । यसका तपाईको शरीरमा पोषणको लाभका साथसाथै कैयौं अरु उपयोग पनि छन्

  • छाला चिलाउने समस्या समाधान गर्नको लागि छालामा जमराको जुस प्रयोग गर्नुहोस ।
  • यसले घामबाट डढेको छालालाई राहत दिने काम गर्दछ ।
  • सङ्क्रमण हुन नदिन पनि जमराको जुस प्रयोग गर्न सकिन्छ ।
  • जमराको जुसलाई सौन्दर्य उपचारको लागि पनि प्रयोग गर्न सकिन्छ । खुकुलो छालालाई टाइट गर्नको लागि पनि जमराको जुसको प्रयोग गर्न सकिन्छ ।
  • नुहाउनु भन्दा अघि कपालमा जमराको जुसले मालिस गरेमा रुखो कपाल कम हुन्छ र टाउको चिलाउने समस्या अन्त्य हुन्छ ।
  • यसले काटेको, जलेको, दर्फर्याएको ठाउँमा, खटिरा भएको, किराले टोकेमा, फोका, अल्सर र ट्युमरमा फाइदाजनक हुन्छ ।
  • नुहाउने पानीमा जमराको जुस राखेर नुहाएमा लाभ हुन्छ ।
  • निद्रा नलागेमा आफ्नो बिस्ताराको छेउमा जमराकोे ट्रे राख्नुहोस । यसले हावामा अक्सिजनलाई बढाउँछ ।
  • जमराको जुसले कुल्ला गरेमा घाँटीको समस्याबाट मुक्त हुन सकिन्छ ।
  • नुहाउनु भन्दा अघि जमराको जुसले कपालमा मालिस गर्ने र स्याम्पु लगाएर सफा पानीले पखालेमा कपालमा चायाँ आउने समस्याबाट टाढा जान सकिन्छ ।
  • जमराको जुस मुखमा पाँच मिनेट राखेमा दाँत दुख्ने समस्याबाट मुक्त हुन सकिन्छ ।
  • माउथवासको रुपमा जमराको जुसलाई प्रयोग गरेमा गिजा र दाँतमा रहेका बिषाक्त पदार्थ बाहिर आउँछ ।
  • एक्वारममा जमराको जुसको बन्डल राखेमा पानी शुद्ध हुन्छ र बिरामी माछालाई ठिक गर्न सकिन्छ ।
  • आँखाको थकान भगाउनको लागि, दृष्टिमा सुधार गर्नको लागि र आँखा चिलाउने समस्याबाट राहत पाउनको लागि जमराको जुस प्रयोग गर्न सकिन्छ ।
  • तपाईलाई रुघा लागेको छ भने जमराको जुसलाई नाकको प्वालमा राखेमा बन्द नाकलाई खोल्न मद्दत मिल्नेछ ।

 

जमराको जुसको फाइदाहरु

जमराको जुसका विभिन्न फाइदाहरु छन् । जस्तै :

  • जमराको जुसले ब्लड प्रेसर लो गराउँछ ।
  • जमराको जुसले बिषाक्त पदार्थलाई फालेर पाचन प्रणालीमा मद्दत पुर्याउँछ ।
  • यसले कपाल रुखो हुने समस्या र चाँया पर्ने समस्यालाई कम गर्दछ ।
  • जमराको जुसले सेता रक्तकोषको निर्माण गरेर शरीरलाई बाहिरी प्रदुषणबाट रक्षा गर्दछ ।
  • धावकहरुमा हुने समस्या जस्तै जोर्नीमा पीडा, अल्सर र किराले टोकेमा सुनिनबाट बचाउने काम गर्छ ।
  • रातो रक्त कोशिकाको निर्माण छिटो गरेर शरिरमा रगत बनाउँछ ।
  • यसले उत्साह बढाउँछ र थकानलाई कम गर्छ ।
  • जमराको जुसले कब्जियत हुनबाट रोक्दछ ।
  • जमराको जुसले रिसलाई शान्त गर्न मद्दत गर्दछ र श्वास गन्ह्याउने समस्यालाई कम गर्दछ ।
  • यसमा एन्टिबायोटिक तत्व हुनाले घाँटी दुखेमा यसको जुसले कुल्ला गरेमा आराम मिल्छ ।
  • जलन र सनबर्नको लागि एन्टिबायोटिकको रुपमा प्रयोग गर्न सकिन्छ ।
  • जमराको जुसले दाँत सड्नबाट रोक्छ ।
  • जमराको मुना चपाउँदा निद्रा हराउँछ र फुर्ती दिन्छ ।
  • जमराको जुसले कलेजो सफा गर्न मद्दत गर्दछ ।
  • जमरामा भएको क्लोरोफिल तत्वले रगतमा भएको चिनीलाई स्थिर राख्छ ।
  • जमराको जुसले ज्वरो कम गर्छ र बच्चाहरुको चिडचिडापनलाई हटाउँछ ।
  • जमराको जुस नियमित रुपमा प्रयोग गर्नाले छालामा भएको कालो दागहरु हटाउन मद्दत गर्छ । यसको प्रयोगले छालामा चमक दिन्छ र छालालाई चम्किलो बनाउँछ
  • क्लोरोफिल रक्तप्रवाहलाई पुनर्निर्माण गर्दछ । विभिन्न जनावरहरुको अध्ययनले क्लोरोफिललाई सबै विषाक्त पदार्थबाट मुक्त रहेको देखाएको छ । मिडवेस्टहोमा किसानहरु बाँझो गाई र गोरुलाई प्रजनन् क्षमता विकसित गर्नको लागि जमरा राखिदिन्छन् । क्लोरोफिलमा उच्च म्याग्नेसियम हुने भएकोले यसले इन्जाइम निर्माण गर्दछ । जसले सेक्स हर्माेनलाई पुन स्थापित गर्दछ ।
  • जमराको जुसमा उपलब्ध क्लोफिल सजिब स्रोतहरुमा पाइने सबैभन्दा राम्रो स्रोतमध्ये एक हो ।
  • डा. बर्नाड जेन्सन भन्छन् जमराको जुस पचाउन केही मिनेट लाग्छ र पचाउनमा शरीरको कम उर्जा उपयोग हुन्छ ।
  • क्लोरोफिल धेरै बोटविरुवाबाट प्राप्त गर्न सकिन्छ । ती मध्ये जमरा राम्रो मानिन्छ । किनकि यसबाट मानिसलाई आवश्यक पर्ने १०० भन्दा धेरै तत्वहरु प्राप्त गर्न सकिन्छ । यदि यसलाई जैविक माटोमा उत्पादन गरिन्छ भने  यसले थाहा भएको १०२ खनिज मध्ये ९२ खनिजलाई सोस्छ ।
  • अमेरीकन जर्नल अफ सर्जरी, १९४० मा बेन्जामिन ग्रुस्किन, एमडिले संक्रमणबाट बच्नको लागि क्लोरोफिललाई सिफारिस गरेका छन् । उनको लेखबाट थाहा हुन्छ क्लोरोफिलको उपयोगले फोहर गन्धलाई हटाउँछ । घाउ, छालामा भएको छिद्रण, पुरानो भित्रि कानको दुखाई र सङ्क्रमण , खुट्टाको अल्सर , अन्य चिलाउने समस्या, मलाशयको घाउ, टाईफाइटलाई ठीक गर्दछ र सफलतापूर्वक अन्य दुखाइको पनि अन्त्य गर्दछ । । यसको प्रयोगले रिसलाई पनि कम गर्न मद्दत गर्दछ ।
  • जमराको जुसको डण्डीफोर सन्चो हुन्छ र सात देखी आठ महिना पुरानो दाग वा धब्बालाई हटाउँछ । त्यो समयमा खानपानमा सुधार गर्नुु आवश्यक छ ।

 

कति पिउनुपर्छ जमराको जुस ?

जमराको जुस धेरै पिउनु हुदैन । दिनको दुईपटक ६० मिलिलिटर जमराको जुस पिउनुर्छ । यदि तपाई पहिलो पटक जमराको जुस पिउन सुरु गर्नुभएको छ भने विस्तारै पिउनुपर्छ । एकैपटक धेरै पिउनु हुदैन ।

१५ मिलिलिटर अथवा ३० मिलिलिटर पिउनु राम्रो सुरुवात हो । आफ्नो शरीरको क्षमतालाई बुझ्नुपर्छ र सोही अनुसार पिउनुपर्छ । ६० मिलिलिटर भन्दा धेरै पिउनाले कुनै वास्तविक लाभ हुदैन । तपाईको शरीरले थोरै मात्र जमराको जुसलाई सहन गर्न सक्छ ।

जमराको जुस एक रोग निदानात्मक तत्व

जमरा प्राकृतिक रुपमा उत्कृष्ठ रोग निदानात्मक तत्व हो । ३० एम. एल जमराको जुसले १ केजी शुद्ध तरकारीमा हुने भिटामिन, खनिज र आवश्यक बराबरको तत्त्व दिन्छ । यो स्वास्थ्य समस्या भएका मानिसलाई मात्र होइन, यसले स्वस्थ मानिसका साथसाथै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्दछ । यदि तपाई पिउने मौका पाउनु भयो भने यसको फाइदा आफै थाहा पाउनुहुनेछ ।

यो जुसले राता रक्तकोष बढाउन मद्दत गर्छ र उच्च रक्तचाप कम गराउँछ । यसले रगतका सााथसाथै शरीरका अङ्गहरु पनि शुद्ध गराउँछ । यसले शरीरमा अम्लिय पदार्थ निकाल्ने आन्द्रालाई सफा गराउँछ । शरीर कार्यक्षमता बढाउन पनि मद्दत गर्दछ । यसले रगतलाई बढाएर ब्लड प्रेसर घटाउँछ र रगत हिड्ने बाटोको अबरोधलाई कम गराउँछ ।

यसले रगतमा क्षारीय तत्व भण्डारण गर्न सहयोग गर्दछ । यो जुसमा रहने क्षारीय तत्वले रगतको अम्लियता कम गर्दछ । यसले अल्सर, कब्जियत, झाडापखाला कम गर्न मद्दत गर्दछ ।

यसले हाम्रो कोषको क्षमता बढाउन मद्दत गर्दछ । कलेजोमा हुने विषाक्त पदार्थलाई कम गराउँछ । रक्त सञ्चारमा मद्दत गर्दछ र जैविक वायु प्रदुषणबाट हुने असरलाई कम गर्दछ । काटेको, दर्फराएको, धावकको खुट्टाको पीडा, किराले टोकेको, पोलेको, अल्सर, ट्युमर आदिलाई कम गर्दछ ।

भर्खरैको नयाँ अध्ययनमा के देखिएको छ भने जमराको जुस ट्युमरबाट देखिने असरलाई कम गर्न मद्दत गर्दछ र कोष नष्ट हुने प्रक्रिया कम गराउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता न्यौपाने
सुनिता न्यौपाने
लेखकबाट थप