केन्द्रीय संस्करण
सन्दर्भ : नयाँ शक्तिको जनसंवाद यात्रा– २०७५

विद्यमान अन्तरविरोधको पहिचान गर्न जनसंवाद यात्रा’

person explore access_timeमाघ १३, २०७५ chat_bubble_outline0

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री थिए– डा. बाबुराम भट्टराई । त्यहीबेला अर्थात् २०६५ मा उनले मध्यपहाडी लोकमार्गको परिकल्पना गरेको हुन् । यो लोकमार्गको निर्माण अझै पूरा भएको छैन । तर आफैले परिकल्पना गरेको लोकमार्गमा डा. भट्टराई आफ्नै नेतृत्वमा ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ गर्दैछन् । 

डा भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मको १ हजार ७ सय ७६ किमिको मध्यपहाडी लोकमार्गमा अभियान चलाउँदैछ । 

भौगोलिक विकटता र मानव विकास सूचकाङ्कमा पनि पछाडि परेको यस क्षेत्रलाई अभियानको आधार क्षेत्रको रूपमा स्थापित गर्न आफ्नो अभियान सफल हुने उनको बुझाइ छ । माघ १५ गते पाँचथरको चिवाभञ्जाङबाट सुरु हुने अभियान फागुन १५ गते बैतडीको झुलाघाटमा समापन हुनेछ । 

यो अभियान चलाउने सोच कसरी आयो र उनले किन मध्यपहाडी लोकमार्ग नै रोजे ? यसले नयाँ शक्तिलाई के फाइदा हुन्छ ? यो अभियानको क्रममा के–के गरिँदैछ ? लगायतका विषयमा रातोपाटीका लागि बबिता शर्माले डा. भट्टराईसँग जान्न चाहिन् । पढौँ डा. भट्टराईकै शब्दमा ।

अभियान किन ?
हामीले नेपालमा वैकल्पिक राजनीतिक अभियान सुरु गरेका छाँै । २०औँ शताब्दीका दलहरू पुँजीवाद र साम्यवादी वैचारिक विमर्शमा आधारित थिए, उदाहरणका लागि नेपालमा काँग्रेस र कम्युनिस्ट । अब उनीहरूको युग करिब करिब पूरा भएको छ । 

२१औँ शताब्दी, चौथौ औद्योगिक क्रान्ति सँगसँगै संसारभरि नयाँ ज्ञान, प्रविधि र उत्पादनमा आधारित समृद्धि र समावेशी विकासको जुन लहर चलेको छ, नेपालमा पनि हामीले त्यही युग अनुकूलको विचारमा आधारित वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्छ भनेर नयाँ शक्ति पार्टी नेपाल निर्माण गरेका छाँै । त्यही क्रममा, मानव जातिको समाजको विकासको गति, विश्वको वर्तमान स्थिति, ज्ञान विज्ञान र प्रविधिको स्थिति कस्तो छ ? मान्छेको चेतनास्तर कहाँ पुगेको छ ? उत्पादन प्रणालीमा के फरक आएको छ ? लगायतका कुरा बुझ्न केही महिना अगाडि हामीले युरोपका केही देशको भ्रमण गर्यौँ । त्यस्तै करिब एक महिना हामीले अमेरिकाको पनि भ्रमण गर्यौँ । 

त्यहाँ विख्यात विश्वविद्यालयहरूका विज्ञ, वैज्ञानिकहरूसँग अन्तत्र्रिmया गर्दा अबको युगमा हिजोको पुँजीवाद र साम्यवादभन्दा माथि उठेको विचार र दर्शनको आवश्यकता छ भन्ने हामीलाई बोध भयो । विश्वव्यापी रूपमा ती अनुभव उपयोगी हुन सक्छन् भन्ने हामीले बुझ्यौँ । अव केही समयपछि हामी अन्य देशको भ्रमण गर्दैछाैं । 

त्यहाँबाट बटुलेका ज्ञान र अनुभवलाई हामीले व्यावहारमा प्रयोग गर्ने भनेको नेपालको धरातलमा नै हो । त्यसैले नेपालको समाज र उसको आर्थिक, सामाजिक अवस्था कहाँ पुगेको छ ? भनेर त्यसलाई प्रत्यक्ष अवलोकन गर्ने साथै स्थानीय तहका पदाधिकारीहरूसँग अन्तक्र्रिया गर्दै र हाम्रो विचारको विकासलाई अझ समृद्ध गरौँ भन्ने सोचका साथ नेपालको भ्रमण गर्ने पार्टीले योजना बनायो ।  

विकास गर्ने भनेको जनताले हो, जनतालाई लोकतन्त्रमा प्रत्यक्ष सहभागी नगराएसम्म, उनीहरूका समस्या उजागर भएर त्यसको समाधान गर्न जनता सहभागी नभएसम्म विकास समृद्धि हुँदैन’ भन्ने सिद्धान्तहरू पछिल्लो चरणमा आएका छन् । त्यसैले हामी जनताको बीचमा गएर जनतासँग संवाद गर्ने भनेर यो अभियानको नाम ‘जनसंवाद’ राख्यौँ ।

त्यही क्रममा माघ १५ देखि फागुन १५ सम्म मध्यपहाडी लोकमार्गमा पर्ने (पुष्पलाल लोकमार्गमा) पाँचथरको चिवाभञ्ज्याङ्बाट सुरु भएर बैतडीको झुलाघाटमा पुगेर टुगिंने छ । हामीले एक हजार सात सय ६५ किलोमिटर सडकको यात्रा गर्नेछौँ । योबीचमा २७ जिल्लाका ८६ स्थानमा विविध कार्यक्रम गर्ने योजना बनाएका छौँ । हाम्रो कार्यक्रमको प्रकृति जनतासँग संवाद गर्ने हुन्छ । त्यसैले यो अभियानको मूल विषयवस्तु नै ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ राखेका छौँ । 

अभियानको मुख्य लक्ष्य ?
राजनीतिक शक्ति भनेको समाजमा विद्यमान अन्तरविरोधहरूलाई ठीक ढङ्गले पहिचान गरेर त्यसको हल गर्ने साधन हो, पार्टी आफैमा साध्य होइन । समाजमा अन्तरविरोधहरू राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा परिवर्तित हुँदै जान्छन् । त्यसैले पछिल्ला अन्तर्विरोधहरू के छन् ? त्यसलाई ठम्याएर समाधान खोज्नुपर्ने हुन्छ । त्यही खोजीको एउटा प्रयास हो हाम्रो जनसंवाद यात्रा । 

मध्यपहाडी राजमार्गसँग भावनात्मक सम्बन्ध 
म देशका ७७ वटै जिल्ला पुगेको छु । हामीले मध्यपहाडी राजमार्ग नै तय गर्नुको कारण पहिलो कारण, मूलरूपमा नेपालको पूर्व–पश्चिम फैलिएको राजमार्ग नै राज्यको मुख्य मेरुदण्ड हो । ऐतिहासिक ढङ्गले जनसङ्ख्याको बढी घनत्त्व रहेको, विभिन्न जातिको बाहुल्यता, विविधता रहेको ठाउँ मध्यपहाडी नै हो । 

नेपालमा झन्डै ६०–६२ जातजातिहरू र सयभन्दा बढी भाषाभाषीहरू छन् । यसमा करिब ८ जातिहरू मध्यपहाडी क्षेत्रमा छन् । लिम्बु, खम्बु, तामाङ, नेवार, मगर, खसहरूको मुख्य बसोवास भएको क्षेत्र हो । यसरी आठवटा ठूला मुख्य जातिको क्लस्टर मध्यपहाडी क्षेत्रमै पर्ने भएको हुँदा उनीहरूको इतिहास, संस्कृति प्रत्यक्ष बुझ्ने र अवलोकन गर्ने हाम्रो लक्ष्य हो ।

तराईमा थारु र मधेसीहरूको ठूला क्लस्टर पर्छन् । पछिल्लो समय औद्योगीकरण र व्यापारीकरणको युगको सुरुवातसँगै जनसंख्या तराइतर्फ बढेर गएको छ । त्यसको पनि हामीले अध्ययन गर्नुपर्छ । तर मुख्यरूपमा आधुनिक नेपाल बनेदेखि अहिलेसम्म जनताको केन्द्रीकरण भएको ठाउँ मध्यपहाडी नै हो । त्यसकारण हामी यहीँबाट हाम्रो अभियान सुरु गर्ने सोच बनाएका हौँ । 

दोस्रो, विकासको हिसाबले पहाडबाट कृषिप्रधान अर्थतन्त्र ओझेलमा पर्दै गएर विस्तारै मधेस र सहरतिर पस्ने प्रक्रिया अगाडि बढ्यो । वैदेशिक रोजगारीका लागि पनि पहाडबाटै मानिसहरू बढी जाने प्रचलन आयो । जसले गर्दा पहाड पछाडि पर्दै गएको अवस्था छ । त्यसैले गर्दा यो समस्याको अवलोकन गर्ने चाहना हाम्रो हो । 

तेस्रो, भावनात्मक कुरा पनि हो । म अर्थमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलाई पुष्पलाल लोकमार्ग नामकरण गरेर पछि प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवको रूपमा राखेँ । यसलाई छिटो सम्पन्न गर्नुपर्छ भन्ने योजना पनि मैले बनाएँ । अब अहिले त्यसको विकास निर्माण कसरी भैरहेको छ भनेर बुझ्ने पनि मेरो उद्देश्य छ ।      

राजनीतिलाई सफाई गर्न आवश्यक 
हामीले असल राजनीति किन भन्यौँ भने नेपालमा लोकतान्त्रीकरणको प्रक्रिया मूलतः सम्पन्न भएपछि अथवा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भएपछि राजनीतिमा सुशासन सदाचार कायम भएर समृद्धितर्फ जानुपथ्र्यो, त्यसो हुन सकेको देखिएन । हिजोकै क्रान्तिकारी शक्तिहरू फेरि विभिन्न खालका अनियमितता, भ्रष्टाचार र कुशासनको दलदलमा फसेको स्थितिमा जनताले सुशासन र सदाचार अनुभूति गर्न पाएनन् । 

हिजोका क्रान्तिकारीहरू नै भ्रष्टाचार र अनियमितताको दलदलमा भासिँदै गएको जनताले अनुभूत गरिराखेका छन् । सङ्घ, प्रदेश हुँदै स्थानीय तहसम्म विभिन्न प्रकारका भ्रष्टाचार, अनियमितता, फजुलखर्ची जस्ता घटना बढेर गएका छन् । यसले राजनीतिलाई प्रदूषित बनाएको छ र आम जनतामा एक प्रकारले निराशा, वितृष्णा फैलाएको छ । हामी त्यसको अन्त्य गरेर राजनीतिलाई सफा गर्न चाहान्छाँै । त्यसकारण हामीले ‘असल राजनीति’ भन्यौँ । 

राजनीति भनेको सबै नीतिको ‘मूल’ हो, मूल नसङ्लिएसम्म अरू आर्थिक, सामाजिक नीतिहरू सङ्लो हुन सक्दैन । त्यसैले पहिलो जोड र ध्यान केन्द्रित त्यसमा गर्यौँ ।

राजनीति भनेको सबै नीतिको ‘मूल’ हो, मूल नसङ्लिएसम्म अरू आर्थिक, सामाजिक नीतिहरू सङ्लो हुन सक्दैन । त्यसैले पहिलो जोड र ध्यान केन्द्रित त्यसमा गर्यौँ । समावेशी विकास हाम्रो पार्टीको अबको लक्ष्य हो । हिजो कुनै युगमा राष्ट्रिय भौगोलिक एकीकरणको लक्ष्य थियो । अर्को युगमा सङ्घीयता, लोकतन्त्र प्राप्तीको लक्ष्य थियो भने समावेशी, समृद्धि अबको लक्ष्य हो । 

जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा होऊन्; गरिबी, बेरोजगारीको अन्त्य भएर देशभित्रै रोजगारी प्राप्त गरून्; पिछडिएको कृषि अर्थतन्त्रको तीव्ररूपमा औद्योगिक रूपान्तरण होस् भन्ने हाम्रो लक्ष्य र चाहना हो । विश्वमा हामी अहिले पिछडिएको देशमा छाैं । तेस्रो विश्वबाट पहिलो विश्वमा हामी पुग्न सकौँ, दुई दशक दुई अङ्क दरको आर्थिक वृद्धिदर गरेर फड्को मार्न सकौँ– यो हाम्रो लक्ष्य  हुनुपर्छ । 

तर आर्थिक वृद्धिदरले मात्रै पनि असमानता बढाउँछ र त्यसको लाभ सबै जनतामा पुग्दैन । हाम्रो जस्तो वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक विविधता भएको मुलुकमा समावेशीतालाई नै ध्यान दिनुपर्छ । त्यसैले आर्थिक विकास सँगसँगै त्यसको लाभ विभिन्न तह र तप्काका जनतामा पुगोस् भनेर समावेशी विकास हामीले भनेका छौँ । जब कि आमरूपमा अन्य दलहरूले विकास मात्रै भन्छन्, हामीले चाहिँ समावेशी विकासमा जोड दिएका हौँ । 

जनताका समस्या बुझ्ने कोशिस 
यो प्राप्त गर्ने विधि के हो त ? कैयौँ मानिसहरूले ठूला शासकहरूको इच्छा, चाहना अथवा जादु, चमत्कार गरेर विकास र समृद्धि ल्याउँछन् पनि भन्छन् तर हाम्रो बुझाइ त्यो होइन । अहिलेको युगमा विकास नीतिसम्बन्धी विभिन्न संवादहरू चलेका छन् । खासगरी अमत्र्य सेनलगायतका पछिल्ला अर्थशास्त्रीहरूबाट ‘विकास गर्ने भनेको जनताले हो, जनतालाई लोकतन्त्रमा प्रत्यक्ष सहभागी नगराएसम्म, उनीहरूका समस्या उजागर भएर त्यसको समाधान गर्न जनता सहभागी नभएसम्म विकास समृद्धि हुँदैन’ भन्ने सिद्धान्तहरू पछिल्लो चरणमा आएका छन् । त्यसैले हामी जनताको बीचमा गएर जनतासँग संवाद गर्ने भनेर यो अभियानको नाम ‘जनसंवाद’ राख्यौँ ।  

जनसंवादको प्रकृति फरक फरक हुन्छन् । अहिले हामी विभिन्न ठाउँमा सरल ढङ्गले जनतासरह भएर जान्छाैं । हामी कुनै उपदेश दिन, जादु चमत्कारी गर्ने ढङ्गले त्यहाँ जाँदैनाँै । हामी जनताका समस्या बुझ्ने कोशिस गर्छौं । त्यसको लागि साना साना जनभेटघाट हामीले गर्छौं, ठूला आमसभा हामी गर्दैनौँ । 

दोस्रो, स्थानीय तहका पदाधिकारी, सामाजिक अभियान्ताहरू, पेसाकर्मीहरू र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूसँग अन्तत्र्रिmया गरेर उहाँहरूले समस्याहरू कसरी बोध गर्नुभएको छ, त्यो बुझ्ने प्रयास हामीले गर्छौ । यो अभियानमा केन्द्रबाट ३५ जनाको टिम छ । त्यसबाहेक प्रत्येक प्रदेशका हाम्रा पार्टीका पदाधिकारी, विभिन्न विभागमा काम गर्ने र अरू सामाजिक व्यक्तित्वहरूलाई पनि अभियानमा सामेल गर्छौं । 
यो अभियानको मुख्य लक्ष्य विश्वलाई पनि बुझ्ने, आफ्नो देशलाई पनि बुझ्ने– यो काम सम्पन्न गरेपछि नै सही समाधानतर्फ जान सकिन्छ भन्ने छ । यो अभियानको समापनपछि हामीलाई के विश्वास छ भने नेपालको यथार्थ धरातल र अन्तरविरोधलाई ठम्याएर जनताको सहभागितामा समाधान खोज्ने प्रयास हामी गर्छौं । 

देशले जसरी नयाँ विकल्प खोजेको छ, अझ म भन्छु देश राष्ट्रिय डिप्रेसन जस्तो अवस्थामा पुगेको छ । यति ठूलो राजनीतिक परिवर्तनपछि आफूले खोजेको आर्थिक, सामाजिक परिवर्तन नपाउँदा जनतामा राजनीतिप्रति वितृष्णा, राजनीतिक नेताहरूप्रति आक्रोश घृणा पैदा भएको अवस्था छ, त्यसको विकल्प दिनुपर्छ । यो समाज स्थिर भएर कहिल्यै बस्दैन । यो गतिहीनताको अग्रगामी निकास दिने हाम्रो लक्ष्य छ । त्यसको लागि यो अभियानले बल पुर्याउँछ भन्ने हामीलाई विश्वास छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ