शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब नेपाल र युएईको क्रिकेट खेल हेर्न बालबालिका नि पुगे (फोटोफिचर)

शनिबार, १२ माघ २०७५, १७ : ००
शनिबार, १२ माघ २०७५

काठमाडौं । आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको छ । 

युएईविरुद्ध जारी दोस्रो एकदिवसीय क्रिकेटमा रोहित पौडेलले अर्धशतक पुरा गरेसँगै उनले ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए । 

यो सँगै युएईमा जारी नेपाल र युएईबीचको एकदिवसीय क्रिकेट खेल हेर्न क्रिकेट मैदानमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ । खेल हेर्न भर्खरका बालबालिकादेखि युवायुवतीहरुको बाक्लो उपस्थिति रहेको छ । 

समर्थकका रुपमा नेपाली क्रिकेट प्रेमीहरु रंगशालामा नेपाली राष्ट्रिय झण्डा लिएर नेपाली क्रिकेट टोलीलाई सपोर्ट गरिरहेका छन् । 

खेलाडीहरुको अब्बल प्रदर्शनका साथ साथै नेपाली क्रिकेट प्रशंसकहरुको  संयमित तथा उत्साहाजनक साथ पाएको नेपाली टोलीलाई प्रशंसकहरुले बधाई समेत दिएका छन् । 

शुक्रवार भएको पहिलो खेलमा ३ विकेटले पराजित नेपालले टोलीले आज केही खेलाडी परिवर्तन गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप