मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठुलो हतियारमा लाग्ने गोलीसहित सलिम पक्राउ

शुक्रबार, ११ माघ २०७५, १७ : ०८
शुक्रबार, ११ माघ २०७५

भक्तपुर । प्रहरीले ठुलो हतियारमा लाग्ने १ राउण्ड गोलीसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । काठमाडौं मण्डिखाटार बस्ने बर्ष ४६ को सलिम अख्तरलाई प्रहरीले पक्राउ गरेको हो । 

भक्तपुर सूर्यबिनायक नगरपालिका–१० साँगा महादेव मन्दिर नजिक कार पार्किङमा निज सलिमको बा.१० च ४९४९ नम्बरको कारको डयास बोर्डमा लुकाइराखेको अवस्थामा उक्त गोली फेला पारी चालक सलिमलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप