बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उखुबारीमा करेन्ट लागेर मृत्यु

बिहीबार, १० माघ २०७५, १५ : ५८
बिहीबार, १० माघ २०७५

लहान– उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेण्ट लागेर सिरहाको लहान नगरपालिका– २३ मा एक युवकको मृत्यु भएको छ । 

गाढा तिलेवनास्थित उखुबारीमा करेण्ट लागेर सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद मजलुमको मृत्यु भएको हो । स्थानीयवासी १७ वर्षीय मोहमद रहमद र १९ वर्षीय मोहमद जवाहरले उक्त उखुबारीमा सिंचाई गर्न गए राति जडान ग।रेको पानी तान्ने मोटरमा करेण्ट प्रवाह भएका अवस्थामा उखुबारी पुगेका मजलुमलाई करेण्ट लागेको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते मजलुमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप